मुख्य समाचार
मालमोत कार्यालय भैरहवा रुपन्देहीका तत्कालीन मालपोत अधिकृत कुमार आचार्यसमेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मालमोत कार्यालय भैरहवा रुपन्देहीका तत्कालीन मालपोत अधिकृत कुमार आचार्यसमेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालमोत कार्यालय भैरहवा रुपन्देहीका तत्कालीन मालपोत अधिकृत कुमार आचार्यसमेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मालपोत कार्यालय रुपन्देहीका तत्कालीन प्रमुख आचार्य,तत्कालीन नायव सुब्बाद्वय लक्ष्मण प्रसाद न्यौपाने र अजित कुमार साहनी,तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराज कान्त मिश्रविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो। उनीहरूविरुद्ध ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो माग दावी गरिएको छ।

सरकारका नाममा दर्ता श्रेस्ता बनाउन बाँकी रहेकै अवस्थामा हदबन्दी लागेर छाडेको जग्गा दर्ता गर्ने विषयमा निवेदन परेपछि भुमीसुधार कार्यालय र स्थानीय तहसमेतको सरोकारवालाहरूलाई पूर्ण वेवास्ता गरी व्यक्ति विशेषको नाममा दर्ता गराएको उनीहरूमाथि आरोप छ।


आयोगका अनुसार सर्जु मिश्राइनको नाममा रहेको साविक भुजौली (ख) का विभिन्न कित्ता जग्गामध्ये केही जग्गा कालिका मन्दिरलाई दान दिएको खुलेको छ। अनुसन्धानका क्रममा पर्वतराज कान्त मिश्रले नाता कायम गराई जग्गा दर्ता गर्न मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिएको र सोही आधारमा प्रक्रिया अघि बढाइएको पाइएको आयोगले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणको नाउँमा नामसारी भएपछि प्राप्त हुने मुआब्जा रकमसमेत लिनेदिने गरी रुपन्देही जिल्ला अदालतमा मिलापत्र गरिएको र उच्च अदालत तुलसीपुर,बुटवल इजलासबाट समेत आवश्यक निर्णय गर्न परमादेश जारी भएको विषय अनुसन्धानमा देखिएको आयोगको भनाइ छ।

आयोगका अनुसार भूमिसम्बन्धी कानुनको सामान्य कार्यविधिसमेत पालना नगरी हदबन्दी लागेको सरकारी/सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने कार्य गरेको उनीहरूमाथि आरोप छ। त्यस्तै,दर्ता नै नभएको जग्गाका विषयमा आपसी मिलेमतोमा लेनदेन गर्ने गरी कृतिम मनसायले तयार गरिएको दुषित मिलापत्रलाई उच्च अदालतको परमादेशको गलत अर्थ लगाई कार्यान्वयन गरिएको आयोगको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा नगरपालिका मातहतका कार्यालय, संघ संस्था, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरू, जनप्रतिनिधि, स्थायी, करार, दैनिक ज्यालादारी कर्मचारीको भदौ महिनाको खाइपाइ आएको तलबबाट १० प्रतिशत रकम करकट्टी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट सिर्जित अवस्थाबारे समिक्षा गर्दै विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि काम गर्ने निर्णय गरेको हो। बैठकमा सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका उपसभापति ...
: औद्योगिक घराना चाचान ग्रुपका अध्यक्ष रहेका वीरगन्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन्। चाचान ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको तर्फबाट ५१ लाख रुपैयाँ तथा मारवाडी सेवा ट्रस्ट वीरगन्जको तर्फबाट १ लाख ११ हजार गरी कुल ५२ लाख ११ ...
: परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्दार गरिएको र अझै ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जानकारी दिए । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, ...
सिमराः पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा बुधबार दिउँसो तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका-६ का ४६ वर्षीय रञ्जन शर्मा पौडेल रहेका छन्। प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित ढुंग्रे पुलमा पथलैयाबाट चन्द्रपुरतर्फ जाँदै गरेको पौडेलले चलाएको बा.प्र.०६-००८ प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ...