: नेपाली कांग्रेस संस्थापनइतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आयोजना गर्न प्रस्तावित कार्यतालिका तय गरेको छ।
चुनदेवीमा बुधबार बसेको बैठकमा नेता उमाकान्त चौधरीले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्। १५ औँ महाधिवेशनको कार्यतालिका बैठकमा प्रस्तुत गरिएको र केन्द्रीय सदस्यहरूको धारणापछि आवश्यक परिमार्जनसहित पारित गरिने कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले जानकारी दिए।
पुस १० गतेभित्र नवीकरण गरिएका क्रियाशील सदस्यतालाई पूर्ण मान्यता दिइने र नयाँ क्रियाशील सदस्यता वडाको सिफारिसका आधारमा वितरण गरी क्षेत्रीय समितिबाटै टुंगो लगाइने उनले बताए। उनले अर्को पक्षले तय गरेको महाधिवेशन कार्यतालिका रोक्न सर्वोच्च अदालतमा निवेदन दिएको तर अन्तरिम आदेश नआएपछि आफुहरु पनि १५ औँ महाधिवेशनको कार्यतालिका लिएर अघि बढेको स्पष्ट पारे।
उनले अदालतमा विचाराधीन पुनरावलोकन मुद्दाको अन्तिम फैसलाले जसलाई मान्यता दिन्छ, त्यही नै आधिकारिक कांग्रेस हुने धारणा राखे।