मुख्य समाचार
नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले नेपाल चेम्बर अफ कमर्सलाई औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री उपलब्ध
नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले नेपाल चेम्बर अफ कमर्सलाई औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री उपलब्ध

: विपद् प्रभावित नागरिकहरूको स्वास्थ्य उपचार तथा राहतका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले नेपाल चेम्बर अफ कमर्सलाई औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री उपलब्ध गराएको छ।

राहत सामग्रीअन्तर्गत ज्वरो, रुघाखोकी, झाडापखाला तथा विभिन्न रोगका लागि आवश्यक औषधि, ओआरएस, घाउमा प्रयोग हुने पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, सेनेटरी नेप्किन, तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री रहेका छन्।

स्वास्थ्य तथा सामाजिक समिति सभापति मृगेन्द्र मेहर श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सविपद् व्यवस्थापन परिषद्का सहसभापति कृष्णमान श्रेष्ठलाई औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरे। उक्त सहयोग सामाग्री करिब ५० लाख हाराहारी मूल्यको रहेको सभापति श्रेष्ठले जानकारी दिएका छन्।

उक्त सामग्री विपद्बाट प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा सरकारी निकायसँग समन्वय गरी वितरण गरिने चेम्बरले जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा र राहत उपलब्ध गराउन निजी क्षेत्रले सरकारसँग समन्वय गर्दै सहयोगलाई निरन्तरता दिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ...
: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो। भैरव गणका सेनानी जितबहादुर कार्कीको ...
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...
: बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको ...