मुख्य समाचार
मन्त्री गौरी कुमारी यादवले होटल व्यवसाय बन्द गर्ने वा ग्यास नै नदिने सरकारी नीति नरहेको स्पष्ट पारे
मन्त्री गौरी कुमारी यादवले होटल व्यवसाय बन्द गर्ने वा ग्यास नै नदिने सरकारी नीति नरहेको स्पष्ट पारे

: उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले होटल व्यवसाय बन्द गर्ने वा ग्यास नै नदिने सरकारी नीति नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रालयमा होटल व्यवसायीसँगको छलफलका क्रममा मन्त्री यादवले बाटोको अवरोधका कारण ग्यास बुलेट भित्राउन कठिन भएको अवस्थामा ग्यास वितरणमा सर्वसाधारणलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै होटल व्यवसाय बन्द गर्ने वा ग्यास नै नदिने सरकारी नीति नरहेको स्पष्ट पारेका हुन्।

उनले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह समेत गरे । कृष्णभीरमा गएको बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीलाई आवश्यक ग्यास आफैं आयात गर्नसमेत मन्त्री यादवले आग्रह गरे।

त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनले बताए। मन्त्री यादवले होटल व्यवसायका लागि छुट्टै र घरायसी प्रयोजनका लागि छुट्टै सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिए।

छलफलमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले अहिले पनि बढी रकम तिरेपछि मात्र ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गरे । उनले सहज रुपमा ग्यास पाउने नसके नेपालको समग्र पर्यटन क्षेत्रमा नै असर पर्ने धारणा राखे।

त्यस्तै नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यास आयात तथा ढुवानीलाई सहज बनाउन होटल व्यवसायीहरू आफैंले समेत सवारीसाधनको व्यवस्था गरेर ग्यास ढुवानीमा सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ...
: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो। भैरव गणका सेनानी जितबहादुर कार्कीको ...
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...
: बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको ...