मुख्य समाचार
कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव
कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव

: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।

प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सुझाव दिएका हुन्।

बाढीको कारण सडक सम्पर्क नहुँदा उपकरण पुर्‍याउन ढिलाइ भएको र हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहदा कठिन भएको उनले बताए । बालबालिका, महिला तथा वृद्धवृद्धाको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी प्रबन्ध मिलाउनुपर्ने; बालबालिकालाई काठमाडौँ ल्याएर व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिए ।

उनले नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरेर सुरक्षित स्थानमा मात्र सडक र पूर्वाधार बनाउनुपर्ने, क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनाहरूलाई सञ्चालनमा ल्याउन र निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने सुझाव दिइएको उनले जानकारी दिए ।

उनले मुलुक संकटमा परेको बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइएको उल्लेख गरे। सो क्रममा प्रधानमन्त्री शाहले नागरिकको उद्दार, राहत र पुनस्र्थापनामा सरकार गम्भीर भएर लागेको बताएका थिए। त्यस्तै प्रधानमन्त्रीसंग अन्य राजनीतिक लगाएतका विषयमा सकारात्मक छलफल भएको घिसिङले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लक्ष्मी सनराइज बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको रातह उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ...
: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो। भैरव गणका सेनानी जितबहादुर कार्कीको ...
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...