मुख्य समाचार
काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान
काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान

: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।
समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो।

सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि बागमती प्रदेश, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०८३।०५।१८ गतेदेखि ३५ दिनभित्र आफू बसोबास गर्दै आएको वडा कार्यालय मार्फत निवेदन पेश गर्न यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १ सय १४ जना नेपाली नागरिक केरुङ क्षेत्रबाट बिहीबार तातोपानी नाका हुँदै नेपाल भित्रिएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीलाई जिम्मा लगाएको हो। ‘चिनियाँ प्रतिनिधिले विभिन्न जिल्लाका १ सय ...
— सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार २०८३ भदौ २३ ...
: मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरु नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकलाई ...
— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनबाट परेको प्रभावको क्षति माग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सचेतक परियारले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा राहत नभई जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने बताए । 'विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान शून्यप्रायः छ । तर यसको असन्तुलित र घातक मूल्य हाम्रा निर्दोष नागरिकहरूले ज्यान ...
: लक्ष्मी सनराइज बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको रातह उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।