मुख्य समाचार
भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान
भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान

— भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ ।

‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन तथ्याङ्क दिन सक्नुभएको छैन,’ नुवाकोट इकाई प्रमुख सूर्यबहादुर खत्रीले भने, ‘सर्म्पकविहीन भनिएका विद्यार्थी भेटिएका पनि छन् । कतिपय विद्यालयबाट सर्म्पकविहीन हुनेको संख्या थप पनि हुँदै गएको छ ।’ उनले नुवाकोटबाट मात्रै कम्तिमा ३०० देखि ३५० विद्यार्थी हराएको हुनसक्ने अनुमान गरिएको बताए ।

रसुवा इकाई प्रमुख दुर्गाप्रसाद सिलवालले २८० जना विद्यार्थी सर्म्पकविहीन रहेको बताए । सर्म्पकविहीनहरूको अवस्था आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ । दुवै इकाईले विद्यार्थीको नामवलीसहितको तथ्याङ्क संकलनको क्रममा रहेको जनाए । नुवाकोटको विदुर नगरपालिकाभित्रका मात्र २५० विद्यार्थी सर्म्पकविहीन रहेको शिक्षा शाखाका विद्यालय निरीक्षक नवराज सापकोटाले जनाए । ‘कतै अभिभावक भेटिएका छन् । विद्यार्थी भेटिएका छैनन,’ उनले भने, ‘कतै विद्यार्थी भेटिन्छन् । उनीहरूको अभिभावक फेला नपरेको अवस्था छ ।’ विदुरमा १४२ सामुदायिक र २८ निजी गरी १७० विद्यालय छन् ।Following the Floods, Around 600 Students in Rasuwa and Nuwakot Out of Contact; Schools in Five Local Levels Closed for Nine Days

ads/1440x233px-ekantipur-2782026083552.jpg
रसुवा र नुवाकोटमा शिक्षक र विद्यालय कर्मचारी गरी २२ जना सर्म्पकविहीन रहेको इकाईहरूले जनाएको छ । त्यसबाहेक धादिङ र गोरखाबाट गोसाईकुण्ड दर्शनका लागि गएका शिक्षकहरू पनि बाढीमा परेर सम्पर्कविहीन भएका थिए । रसुवा इकाईले सामुदायिकका १५ र निजी विद्यालयका १ शिक्षक गरी १६ जना सर्म्पकविहीन रहेको जनाएको छ । नुवाकोट इकाईले ६ जना शिक्षक सर्म्पकविहीन भएको पुष्टि गरेको छ । सामुदायिक विद्यालयका ४ र निजी विद्यालयका २ शिक्षक बाढीपछि सर्म्पकविहिन भएको जनाएको छ । सर्म्पकविहीनमध्ये विद्यार्थी, शिक्षकका शव विभिन्न जिल्लामा फेला परे पनि कति जनाको फेला पर्‍यो भन्ने पुष्टि हुन सकेको छैन ।

नुवाकोटको विदुर नगरपालिका–१० को उत्तरगया पब्लिक स्कुलका सञ्चालक तथा प्रिन्सिपल सोमलाल लावतले कति विद्यार्थी बाढीमा परे भन्ने एकीन गर्न नसकेको जनाए । ‘स्कुलको केहि पनि बाँकी छैन । बगर भएको छ । ढुंगे युगमा फर्के जस्तो भएको छ,’ उनले भने, ‘स्कुलका दुई वटा गाडी भेटिएका छैनन् । एउटा गाडीबाट ३० जना विद्यार्थी निकाल्न सफल भयौं । अरु कति विद्यार्थी बाँचे थाहा छैन ।’ उनका अनुसार ३६२ छात्राछात्र अध्ययरत थिए । अभिभावकसँग पनि सर्म्पक हुन नसकेकाले सर्म्पकविहीन विद्यार्थी संख्या एकीन गर्न नसकिएको उनले जनाए ।

ads/3-ekantipurmultiframe6800-x-11-2082026063547.png
ads/1-ekantipurmultiframe6800-x-11-2082026064115.png
ads/2-ekantipurmultiframe6800-x-11-2082026064130.png
भोटेकोशी विपत्ति : लाङटाङ पुग्न अब हेलिकप्टरकै भर
भोटेकोशी विपत्ति : लाङटाङ पुग्न अब हेलिकप्टरकै भर
रसुवाको उत्तरगया गाउँपालिका–५ को निलकण्ठ माध्यमिक विद्यालयमा ४९६ जना विद्यार्थी अध्ययनरत थिए । विद्यालयले २०० विद्यार्थीसहित ४ जना शिक्षक सर्म्पकमा नरहेको जनाएको छ । प्रअ माधव लामिछानेले २०० भन्दा बढी विद्यार्थी हराएको अनुमान गरिए पनि उनीहरूको नामवलीसहितको तथ्याङ्क भने तयार पार्न नसकिएको जनाए । ‘बाढीको बेला विद्यालय लागिसकेको थिएन । केही बच्चा बाटोमा थिए । केही स्कुल बस कुरेर बसेका थिए । केही घरमै थिए । धेरै विद्यार्थी सर्म्पकमा छैनन्,’ उनले भने । अभिभावकहरू समेत बाढीमा परेकाले संख्या एकीन हुन नसकेको प्रअ लामिछानेल जनाए । उनले भने, ‘स्कुल पुगेका विद्यार्थीलाई माथितिर भगाएका थियौं । विद्यालयसम्म बाढी पुगेको छैन । भवन सुरक्षित नै छ तर धेरै विद्यार्थी सर्म्पकमा छैनन ।' माध्यमिक तह शिक्षक २ जना, विद्यालय नर्स र इसीडी शिक्षक गरी ४ जना पनि बाढीमा परेको उनले बताए ।

१० भदौंको भोटेकोशी बाढीबाट अति प्रभावित नुवोकाटको विदुर नगरपालिकासहित रसुवाका ४ स्थानीय तहका विद्यालय विपत्तिको ९ दिनयता पूर्ण रुपमा बन्द छन् । रसुवा इकाई प्रमुख सिलवालले नौकुण्ड गाउँपालिका बाहेकका विद्यालय बन्द रहेको जनाए । नौकुण्डका २९ सामुदायिक विद्यालय भने सञ्चालनमा रहेका छन् । बन्द हुनेमा गोसाईकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकाका विद्यालय छन् । रसुवामा गोसाईकुण्ड, उत्तरगया र नुवाकोटमा विदुरका विद्यार्थी बाढिमा परेर सर्म्पकविहीन भएका हुन् । कालिका र आमाछोङदिङ्मोका विद्यालय, शिक्षक, विद्यार्थीमा बाढीले क्षति नगरे पनि अभिभावकहरू सर्म्पकविहीन रहेकाले विद्यालय खुल्न नसकेको स्थानीय तहहरूले जनाएका छन् । आमाछोङदिङ्मो गाउँपालिकाबाट मात्र ५८ जना अभिभावक बाढीपछि सर्म्पकविहीन भएका छन् ।Following the Floods, Around 600 Students in Rasuwa and Nuwakot Out of Contact; Schools in Five Local Levels Closed for Nine Days

बाढीले धादिङसहित ३ जिल्लाका २२ विद्यालय क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ । जसमा १२ जिल्लामा पूर्ण रुपमा क्षति पुगेको छ । रसुवा इकाई प्रमुख सिलवालले गोसाईकुण्ड र उत्तरगयाका ४ विद्यालय पूर्ण क्षति भएको जनाए । ‘३ सामुदायिक र १ निजी विद्यालय पूर्ण रुपमा क्षति भएको छ । विद्यालय क्षेत्र बगर बनेको छ । भवन पनि छैन,’ उनले भने ।

भोटेकोशीको बाढी जितेकी ९७ वर्षीया गुणमाया
भोटेकोशीको बाढी जितेकी ९७ वर्षीया गुणमाया
जिल्लामा ९० सामुदायिक र ७ निजी गरी ९७ विद्यालय सञ्चालनमा रहेको तथ्याङ्क छ । पूर्ण रुपमा क्षति पुगेका विद्यालय तत्काल सञ्चालन गर्ने अवस्था नरहेको इकाईले जनाएको छ । ‘कालिका गाउँपालिकाबाट पनि अभिभावक सर्म्पकविहीन भएको विवरण आएको छ । सबै पालिकाबाट अभिभावकविहीन बालबालिको विवरण संकलन हुँदैछ,’ उनले भने, ‘मनोपरामर्शको व्यवस्था नगरी कक्षा चलाउन सक्ने अवस्था छैन । केन्द्रबाट पनि टोली आउँदैछ । शैक्षिक गतिविधि कसरी सञ्चालन गर्ने योजना बनाउँछौं ।’

शिक्षा मन्त्रालयले बाढी प्रभावित ३ जिल्लामा क्षति मुल्याङ्कन टोली खटाएको छ । शिक्षा विभागका निर्देशक निमप्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्यामप्रसाद आचार्यलाई रसुवा पठाइएको हो । जसमा प्राविधिक टोली समेत सहभागी छ । टोलीले ७ दिनभित्र क्षतिको विवरण पेस गर्ने र त्यसअनुसार नै शैक्षिक गतिविधि अघि बढाउन योजना बनाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाढीले धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीरमा गत आइतबार सडक भासिएर त्रिशूली नदीमा खसेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । सडक विभागकाअनुसार भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिनेछ । जसका लागि बिहीबारदेखि त्यहाँ रहेका रुखहरु काटेर हटाउने काम थालिएको छ । कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक अयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ...
— प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले जमिनमाथि ठूलो विनाश भए पनि भूमिगत संरचनाभित्र लामो समयसम्म मानिस बाँच्न सक्ने बताएका छन् । उनले चिली, थाइल्यान्ड र भारतमा विगतमा भएका उद्धारका उदाहरण दिँदै अहिले नेपालमा जारी उद्धार प्रयासमा आशा नमार्न आग्रह गरेका छन् । नेपालमा बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेका बेला त्रिशूली–३ ए आयोजनाको ...
अस्ट्रेलिया — अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्। अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग ...
— सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीलाई लक्षित गरी सरकारले विभिन्न ...
— त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध यातायात वैकल्पिक सडकमार्फत सञ्चालनमा ल्याइएको छ। रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको हो । सडक डिभिजनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मास्टारदेखि त्रिशूली पुल पार हुँदै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार ...