। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।
शुक्रबार बिहान उद्धार गरिएका उनी सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो । साह पनि त्यसैका लागि गएको हुनसक्ने बताइएको छ।