मुख्य समाचार
तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड ३१ लाख सहयोग
तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड ३१ लाख सहयोग

। तिलग‌ंगा आँखा प्रतिष्ठानबाट बाढीपीडितका लागि १ करोड ८ लाख ५१ हजार सहयोग प्रदान गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख १ रुपैयाँ र प्रतिष्ठानका कर्मचारीहरूको एक दिनको पारिश्रमिकबाट ८ लाख ५१ हजार ३५१ रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको हो ।

त्यसैगरी प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले २१ लाख ८१ हजार २०० सहयोग प्रदान गरेको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनकी नेपाल प्रतिनिधि एन्जिला दाहालले म‌ंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कठिन घडीमा सबै नेपालीले एकअर्काको दुःख साथ दिन र विपद् प्रभावितको पुनःस्थापनामा सक्दो सहयोग गर्न प्रतिष्ठानले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका हुन् । विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावत राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् । ‘एकद्धार प्रणालीको नाममा जुन खालको केन्द्रीकृत सोच अपनाइएको छ । यो अत्यन्त आपत्तिजनक छ,’ उनले भने, ‘राहतका सामग्री सदमुकाम र हेडक्वार्टरमा थुप्रिएका छन् । पीडितहरू भोकभोकै रात बिताउन बाध्य छन् ।’ यसकारण यसलाई प्रभावकारी र पारदर्शी बनाउँदै विकेन्द्रीकरण ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले रसुवा बाढीपछिको विपद्को समयमा सबै राजनीतिक दलहरूले सरकारप्रति देखाएको सद्भाव अनुकरणीय रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले विपद्मा दलहरूले सरकारप्रति देखाएको सद्भावप्रति सम्मान प्रकट गर्दै यस्तो बताएका हुन् । ‘यस घडीमा सबै दलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको यो सरकारप्रति जुन समर्थन र सद्भाव ...
। नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यो शोकलाई शक्तिमा बदल्न सरकारलाई नि:सर्त साथ दिन आफूहरू तयार रहेको पनि बताए । ‘हामी सबै सरकारको साथमा छौँ । हामी निसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना ...
। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ । खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुरुङ भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट ...