मुख्य समाचार
विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य
विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य

। कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमकाे सहमतिमा उद्योगीले मिलेमताेमा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन् ।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

कृष्णभिरमा पहिरो गएका कारण वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा महँगो पर्न गएकाले त्यसको केही भार उपभोक्ताले तिर्नुपर्ने गरी निर्णय गरिएको संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

‘पहिला बुलेटले ग्यास ढुवानी गर्थ्यो, एक बुलेटमा १२ सय ५० सिलिन्डर ग्यास आउँथ्यो, तर तराईमा बोटलिङ गर्नुपर्दा र त्यहाँबाट अर्को माध्यमबाट ढुवानी गर्दा महँगो पर्न गयो,’ उनले भने, ‘ढुवानी भाडा नै १ सय ८० प्रतिसिलिन्डर परेकोमा त्यसमा उपभोक्तालाई १ सय ५ रुपैयाँ थप गरिएको हो ।’

आयल निगमसँगको सहमति अनुसार ग्यास मूल्य बढाइएको उद्योगीको दाबी छ । उद्योगीले काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाडा बढाइएको जानकारी संघले दिएको छ ।

ग्यासको खरिद दर (रेट) बढेको नभई ट्रान्सपोर्टेसन कस्ट (ढुवानी लागत) बढेका कारण उपभोक्ता मूल्यमा वृद्धि भएको नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले दाबी गरे ।

‘आयल निगमले हामीलाई काठमाडौंसम्मको भाडा नदिई तराईसम्मको मात्र भाडा दियो,’ सञ्चालक भण्डारीले अनलाइनखबरसँग भने, ‘५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त भाडा लिन पाउने निगमसँगकै सहमति र प्रावधानका आधारमा हामीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ बढाएका हौं ।’

उनका अनुसार उद्योगीको वास्तविक खर्च २ सय रुपैयाँभन्दा बढी लाग्छ, तर आयल निगमको प्रावधान अनुसार त्योभन्दा बढी (१ सय ५ रुपैयाँभन्दा बढी) लिन मिल्दैन । ‘त्यसैले घाटा खाएरै भए पनि हामीले ग्यास ल्याउनुपरेको छ,’ उनले भने ।

ग्यासको मूल्यमा आयल निगमको स्पष्टीकरण

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य उद्योगबाट ५० किलोमिटर दूरीसम्मका लागि मात्रै तोक्ने गरेको बताएको छ ।

निगम प्रवक्ता मनोज ठाकुरले ५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास ढुवानी गर्दा उद्योगीहरूले आफैं ढुवानी भाडा जोडेर लिन पाउने व्यवस्था रहेको बताए ।

‘निगमले तोक्ने मूल्य भनेको उद्योगदेखि ५० किलोमिटर दुरीसम्मका लागि हो, त्योभन्दा उताका हकमा भने उनीहरू (उद्योगी) ले ढुवानी भाडा जोडेर लिन पाउँछन्,’ ठाकुरले भने ।

ग्यास उद्योगीले निगमको सहमतिविनै आफूखुसी ढुवानी भाडा बढाएको हो कि भन्ने प्रश्नमा ठाकुरले यो कुनै नयाँ विषय नभई विगतदेखि नै चल्दै आएको व्यवस्था भएको दाबी गरे ।

‘यो कुनै नयाँ व्यवस्था होइन, विगतदेखि नै यही नियम छ,’ ठाकुरले भने, ‘जहाँ पनि यही व्यवस्था लागु हुन्छ, जस्तो कि, विराटनगरको उद्योगले ५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास बाहिर पठायो भने त्यो ढुवानी भाडा जोडेरै लिन्छन्, ढुवानी भाडा चाहिँ उनीहरूले लिन पाउँछन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका हुन् । विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावत राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् । ‘एकद्धार प्रणालीको नाममा जुन खालको केन्द्रीकृत सोच अपनाइएको छ । यो अत्यन्त आपत्तिजनक छ,’ उनले भने, ‘राहतका सामग्री सदमुकाम र हेडक्वार्टरमा थुप्रिएका छन् । पीडितहरू भोकभोकै रात बिताउन बाध्य छन् ।’ यसकारण यसलाई प्रभावकारी र पारदर्शी बनाउँदै विकेन्द्रीकरण ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले रसुवा बाढीपछिको विपद्को समयमा सबै राजनीतिक दलहरूले सरकारप्रति देखाएको सद्भाव अनुकरणीय रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले विपद्मा दलहरूले सरकारप्रति देखाएको सद्भावप्रति सम्मान प्रकट गर्दै यस्तो बताएका हुन् । ‘यस घडीमा सबै दलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको यो सरकारप्रति जुन समर्थन र सद्भाव ...
। नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यो शोकलाई शक्तिमा बदल्न सरकारलाई नि:सर्त साथ दिन आफूहरू तयार रहेको पनि बताए । ‘हामी सबै सरकारको साथमा छौँ । हामी निसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना ...
। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ । खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुरुङ भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट ...