मुख्य समाचार
निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह
निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह

। नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यो शोकलाई शक्तिमा बदल्न सरकारलाई नि:सर्त साथ दिन आफूहरू तयार रहेको पनि बताए ।




‘हामी सबै सरकारको साथमा छौँ । हामी निसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना गर्न चाहान्छौँ । यो शोकलाई हामी शक्तिमा बदल्न चाहन्छौं । अहिले पनि धेरै नागरिक उद्धारको लागि गुहार गरिरहनुभएको छ,’ उनले भने ।

जलविद्युत् आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए ।



प्रमुख सचेतक महरले आफ्नो गृहजिल्ला बझाङका दुई जना इन्जिनियरसमेत जलविद्युत आयोजनाको टनेलमा फसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

‘निर्माणाधीन जलविद्युत् आयोजनाहरूका टनेलहरूमा फसिरहनुभएको अवस्था छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु उहाँहरूको छिटोभन्दा छिटो उद्धार गरियोस्,’ उनले भने, ‘मेरो गृहजिल्ला बझाङका दुई जना इन्जिनियरहरू समेत यो आयोजनामा फसेका छन् । उहाँहरूको अवस्था अझै पनि अज्ञात रहेको छ । उनीहरूको खोजिमा समेत सरकारले ध्यान देओस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो । प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो । प्रहरीका अनुसार, कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो । अहिले दमकल पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेको असई ओलीले जानकारी दिए । अहिलेसम्म ...
। सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । अघिल्लो वर्ष भर्दा २३ र २४ गते जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । गत वर्ष ...
। नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समयमा पार्टीको तर्फबाट समय लिएर बोल्दै सांसद अर्जुननरसिंह केसीले यो विषय उठाएका हुन् । ‘यो ग्रीन आर्मी भनेको के हो ? के जात हो ? कहाँबाट आयो ? यसमाथि गम्भीर प्रश्न छ’, सांसद केसीले भने, ‘सैनिक पोसाक र दर्ज्यानी चिन्हसहित जो उपस्थित भएको ...
। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उनीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सँगै जानेछन् । ‘जाने तयारी भएपछि हामीले तयारी थालेका छौं । मन्त्रालयले गर्नुपर्ने तयारी अघि बढाएको ...
। परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् । ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा विभिन्न मुलुकका राजदूत तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूलाई नेपालको वर्तमान ...