मुख्य समाचार
हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल
हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल

। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् ।

योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ।

योहले हिमालय क्षेत्रमा आधारित राहत संस्था ‘लिभ टु लभ’ मार्फत नेपालका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छन् । उनका अनुसार उक्त संस्था विपद् राहत तथा प्राकृतिक प्रकोपपछि पुनर्निर्माणको दीर्घकालीन काममा सक्रिय छ ।

सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि आफू ‘लिभ टु लभ’सँगै प्रभावित क्षेत्रमा पुगेर राहत कार्यमा सहभागी भएको अनुभव पनि उनले स्मरण गरेकी छन् । त्यसबेला संस्थामार्फत अत्यावश्यक प्राथमिक उपचार सामग्री, खाद्यान्न, पाल, औषधि तथा शिशु स्याहारका सामग्री आवश्यकतामा रहेका र पर्याप्त सहायता नपुगेका क्षेत्रमा पुर्‍याएको उनले उल्लेख गरेकी छन् ।



उनका अनुसार ‘लिभ टु लभ’ले सयौं घर पुनर्निर्माण गर्नुका साथै मानव बेचबिखनविरुद्ध काम गरेको र निरन्तर स्वास्थ्य सेवा पनि उपलब्ध गराएको थियो । अहिले अचानक घर र परिवारका सदस्य गुमाउँदा धेरै मानिस पीडामा रहेको उल्लेख गर्दै योहले नेपालप्रति आशा र साथ दिन सबैलाई एकजुट हुन आग्रह गरेकी छन् ।

‘आज धेरै मानिस आफ्नो घर र परिवारका सदस्य अचानक गुमाउँदाको पीडामा छन्’ उनले भनेकी छन्, ‘आशा जगाउन हामी सबै एकजुट बनौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...