मुख्य समाचार
नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न
नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न

। नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न गरेको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समयमा पार्टीको तर्फबाट समय लिएर बोल्दै सांसद अर्जुननरसिंह केसीले यो विषय उठाएका हुन् ।

‘यो ग्रीन आर्मी भनेको के हो ? के जात हो ? कहाँबाट आयो ? यसमाथि गम्भीर प्रश्न छ’, सांसद केसीले भने, ‘सैनिक पोसाक र दर्ज्यानी चिन्हसहित जो उपस्थित भएको छ । के यो प्राइभेट मिलिटरी हो ?’

यस्तो अन्य देशमा कहाँ के छ भनेर पनि उनले सुनाए ।

‘अमेरिकाको ब्याक वार्टर, रुसको र्‍यांगल वाग्नर ग्रुप जस्तै हो कि ? अथवा यो के हो ?’ उनले प्रश्न गरे ।

नेपालमा नेपाली जनताले एउटै नेपाली सेना मात्रै चिनेको उनले बताए । यसमा सरकारले तत्काल ध्यान दिनुपर्ने आग्रह गरे ।

ग्रीन आर्मी नेपाल हालै भोटेकोशी नदीको बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट मा उद्धारमा खटिएको छ । यसपछि यसको चर्चा चलिरहेको छ ।

यो एउटा गैरसरकारी स्वयंसेवी संस्था भनिएको छ । तर यस संस्थाका सदस्यहरू नेपाली सेनाको जस्तै देखिने चुस्ता र बुट लगाएर मैदानमा उत्रिएपछि चासो व्यक्त भएको हो ।

यो सामाजिक सञ्जालदेखि संसदसम्म उठेको छ ।

यसअघि संसद्मा सत्तारुढ दल रास्वपाकै सांसद हरिमोहन भण्डारीले यो विषयमा छानबिनको माग राखेका छन् ।

‘नेपाली सेना, सशस्त्र प्रहरीले गरेको कार्यको प्रशंसा गर्न चाहन्छु र यो हरियो सेना भनेको के हो ?,’ उनले भने, ‘यसका बारेमा अबिलम्व छानबिन गर्न मैले जरूरी देखेको छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले नेपालको दु:खमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेको उभिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत रसुवा बाढीपछिको घटनाको विवरण दिँदै प्रधानमन्त्री बालेनले वैदेशिक सहायताको प्रशंसा गरेका हुन् । ‘बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेका छौं,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘हाम्रो दु:खमा उहाँहरू दरिलो खम्बा बनेर उभिनुभएको छ ।’ पहिलो दिनदेखि छिमेकी ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका काम जारी रहेको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले बाढीको सूचना पाएलगत्तै प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र सक्रिय बनाएको परिणाम ठूलो संख्यामा उद्धार सम्भव भएको दाबी गरेका हुन् । ‘हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिसकेका छौँ,’ ...
। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यो सम्झौता संसद्को जानकारीका लागि पेस गरेका हुन् । नेपाल र भारतबीच २०८० पुस १९ गते यो सम्झौतामा हस्ताक्षर भएको थियो । गोप्य राखिएको सम्झौता सर्वोच्च अदालतको आदेशमा २०८३ साउन १४ गते ...
। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले पूर्वाधारहरू जतिसक्दो चाँडो सम्भव भएमा मर्मत, नभए पुनर्निर्माणलाई प्राथमिकता दिएको बताएका हुन् । ‘प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्‍याउन बाँकी छ,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘अन्य पूर्वधार पहिलेकै ...
। बेलिब्रिजको सामग्री बोकेको ट्रक बिहीबार इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी२९बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ट्रकका सहचालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...