मुख्य समाचार
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग

। रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितहरूको सहयोगार्थ एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग गरेको छ ।

ई–सेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ई–सेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा सो रकम सहयोग गरिएको एफवानसफ्ट ग्रुपले जनाएको छ ।

कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरू सँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुन:स्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले यो योगदान गरिएको ग्रुपले बताएको छ ।

हालसम्म ई–सेवाका १,२९,०१३ प्रयोगकर्ताले ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका ८,६२,४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड सहयोग गरेका छन् ।



फोनपे मार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ ।

भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्ट मार्फत १९,८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपे मार्फत २,९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख सहयोग गरेको एफवानसफ्ट ग्रुपले बताएको छ ।

साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु गरेको छ । भीमफेदी गाउँपालिकाको पहलमा प्रदेश सरकारले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकको आज स्थलगत निरीक्षण गरी मर्मत तथा निर्माणको काम सुरु गरिएको बागमतीका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए । भीमफेदी र सिस्नेरी ...
। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए । बाढीबाट ...
। ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् । उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ । कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ । उनीविरुद्ध कालोबजार ...
। पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु गर्‍यौं ...
। बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर ...