मुख्य समाचार
चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार
चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार

। चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

‘जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई संयुक्त रूपमा रोकथाम तथा न्यूनीकरण गर्न नेपाल र अन्तर्राष्ट्रिय समुदायका अन्य पक्षसँग सहकार्य अझ सुदृढ गर्न चीन तयार छ,’ गुओले भने।

नेपालमा हालै आएको विनाशकारी बाढीपछि हरितगृह ग्यास उत्सर्जन गर्ने ठूला मुलुकहरूबाट जलवायु क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेका बेला गुओको यस्तो भनाइ आएको हो।



अमेरिकी सञ्चारमाध्यम ब्लूमबर्गले चीन, भारत र अमेरिकाबाट जलवायु क्षतिपूर्ति माग भइरहेको विषयमा चिनियाँ विदेश मन्त्रालयको धारणा सोधेको थियो।

जवाफमा गुओले चीन विश्वव्यापी हरित विकास प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए। उनका अनुसार चीनले कार्बन उत्सर्जनको उच्चतम स्तरमा पुर्‍याउने र कार्बन तटस्थता हासिल गर्ने लक्ष्यतर्फ सक्रिय तथा ठोस प्रयास गरिरहेको छ।

गुओले विकासशील देशहरूको वैध अधिकार र हितको संरक्षण गर्दै निष्पक्ष तथा समतामूलक विश्वव्यापी जलवायु शासन प्रणाली निर्माणका लागि चीनले काम गरिरहेको दाबी गरे ।

उनले दक्षिण–दक्षिण सहकार्यअन्तर्गत आफ्नो क्षमताले भ्याएसम्म अन्य विकासशील मुलुकलाई सहयोग गर्दै आएको पनि बताए।

नेपाल र चीनबीचको सम्बन्धलाई उल्लेख गर्दै गुओले दुवै देश ‘हिमाल र नदीले जोडिएको साझा भविष्य भएको समुदाय’ रहेको बताए। उनले हालैको सीमापार विपद्बाट चीन पनि गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्पेनको क्यानरी टापु नजिकै बिहीबार एउटा डुङ्गा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्पेनी सामुद्रिक सुरक्षा गार्डले बताएका छन् । गाम्बियाबाट १२८ जनासहित हिँडेको डुङ्गा लगभग चार हप्तासम्म समुद्रमा हराएको थियो भने यो बिहीबार स्पेनको क्यानरी टापुको दक्षिणमा भेटिएको छ । स्पेनी समाचार संस्था (ईएफई)का अनुसार डुङ्गामा सवार ८० भन्दा बढी आप्रवासी मृत भएको आशङ्का गरिएको छ । उक्त ...
। विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन्। रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ...
। विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग गर्न अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउने भएको छ। अस्ट्रेलियाकी विदेशमन्त्री पेङ वाङकाअनुसार फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसहितको ड्रोन विशेषज्ञ टोली आउने छ । टोली १५ सदस्यीय हुनेछ । टोलीले अत्याधुनिक ड्रोन प्रविधिमार्फत द्रुत नक्साङ्कन तथा तस्बिर/इमेजिङ गर्नेछ। यसबाट नेपाली अधिकारीको ...
— इरानले बिहीबार कुवेतस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकेको बताएको छ । त्यसैगरी, इरानको सरकारी टिभीले तेहरानले 'अमेरिकी अपराधको प्रतिक्रियामा खाडी राज्यमा अमेरिकी शिविरमाथि गरिएको' जनाएको छ । अमेरिकाले बुधबार बिहान हर्मुजान प्रान्तस्थित कुहेस्ताक शहरमा एक विवाह भोजमा आक्रमण गर्दा कम्तिमा ४ जना सर्वसाधारणको मृत्यु भएको ...
— युरोपेली संघ (ईयू) ले अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ । यससँगै विपद्का लागि ईयूको कुल आपतकालीन सहायता ४४ करोड ५० लाख रुपैयाँभन्दा भएको छ । नयाँ सहयोग इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी) को विपद् प्रतिकार्य ...