मुख्य समाचार
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका काम जारी
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका काम जारी

। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका काम जारी रहेको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले बाढीको सूचना पाएलगत्तै प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र सक्रिय बनाएको परिणाम ठूलो संख्यामा उद्धार सम्भव भएको दाबी गरेका हुन् ।

‘हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिसकेका छौँ,’ उनले लेखेका छन्, ‘यति हुँदाहुँदै पनि हामीले एक हजार २५९ जना प्रियजनलाई गुमाएका छौँ । अझै पनि सम्पर्कविहीन ५ हजार ८३ जनाको खोजी जारी छ ।’ सँगसँगै प्रभावित मानिसहरूको विस्तृत तथ्यांक संकलन भइरहेको उनले बताएका छन् ।

यस्तै, प्रभावित भएका जलविद्युत् आयोजनाहरूमा मानिस फसेको आशंकामा खोज तथा उद्धारको प्रयास जारी रहेको प्रधानमन्त्री बालेनले बताएका छन् । ‘नेपाली सेनाको नेतृत्वमा भारत, चीन र कोरियाका विज्ञहरुले काम गरिरहनुभएको छ,’ उनले भनेका छन् ।

बाढीले चीनको केरुङमा फसेका ११४ जना नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपालतर्फ ल्याउन सहजीकरण भइरहेको उनले बताएका छन् ।

‘मालवाहक कन्टेनरहरूलाई भने कोरला नाकाबाट ल्याउने तयारी गरिएको छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु गरेको छ । भीमफेदी गाउँपालिकाको पहलमा प्रदेश सरकारले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकको आज स्थलगत निरीक्षण गरी मर्मत तथा निर्माणको काम सुरु गरिएको बागमतीका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए । भीमफेदी र सिस्नेरी ...
। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए । बाढीबाट ...
। ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् । उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ । कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ । उनीविरुद्ध कालोबजार ...
। पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु गर्‍यौं ...
। बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर ...