मुख्य समाचार
मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु
मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु

। पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ ।

‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु गर्‍यौं ।’

पहिरो नियन्त्रणका लागि लगाइएको ग्याबिन वालसमेत आवश्यक ठाउँमा निकाल्ने काम भइरहेको उनले बताइन् ।

उनका अनुसार भोलि शुक्रबारबाट मेसिनले ट्«याक खन्ने काम गर्छ । ‘आज दिनभर रुख काट्ने काम भयो, भोलिबाट मेसिन लगाएर ट्«याक खोल्ने काम सुरु हुन्छ,’ उनले भनिन् । भदौ महिनाभित्रै सडक सञ्चालन गर्ने तयारीका साथ काम अघि बढाइएको योजना प्रमुख अधिकारीले बताइन् ।

‘जतिसक्दो छिटो काम सक्ने तयारीमा छौं, नयाँ बाटो खन्दा भित्तामा कत्तिको रक भेटिन्छ त्यसमा पनि भर पर्छ,’ उनले भनिन् ।

कृष्णभिरमा गएको पहिरोका कारण पाँच दिनदेखि मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध छ । गत आइतबार त्रिशूली नदीमा आएको बाढीका कृष्णभिरमा सडकमूनिबाट पहिरो गएर सडक अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु गरेको छ । भीमफेदी गाउँपालिकाको पहलमा प्रदेश सरकारले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकको आज स्थलगत निरीक्षण गरी मर्मत तथा निर्माणको काम सुरु गरिएको बागमतीका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए । भीमफेदी र सिस्नेरी ...
। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए । बाढीबाट ...
। ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् । उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ । कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ । उनीविरुद्ध कालोबजार ...
। बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर ...
। भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको छ । प्रारम्भिक अध्ययनअनुसार नुवाकोटमा मात्रै बाढीमा परेर १० देखि १५ हजार सुँगुर/बंगुर र करिब एक लाख ५० हजार व्यावसायिक कुखुरा नष्ट भएको एसोसिएसनले जनाएको छ । यस्तै, करिब ५०० भैँसीसमेत बगेर/डुबेर मरेको पनि एसोसिएसनको अध्ययनले देखाएको छ ...