मुख्य समाचार
बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय
बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय

। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका अभिभावकविहीन बन्न पुगेका बालबालिकाको संरक्षण र शिक्षामा निरन्तरता सुनिश्चित गर्ने निर्णय गरेको मन्त्री केसीले बताए ।



यस्तै, बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ । यसअघि प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम सम्बन्धित जिल्लाको जिल्ला दैवी प्रकोप व्यवस्थापन कोषमा पठाउनुपर्ने व्यवस्था थियो ।

उक्त व्यवस्थाका कारण विपद्का बेला रकम परिचालन तथा खर्च गर्न प्रक्रिया झन्झटिलो हुने र संघीय कानुनअनुसार थप प्रक्रिया पूरा गर्नुपर्ने भएकाले कार्यविधि संशोधन गर्ने निर्णय गरिएको मन्त्री केसीले बताए ।

संशोधित व्यवस्थाअनुसार अब आवश्यकताका आधारमा विपद् व्यवस्थापनका लागि जिल्ला र स्थानीय तहमा नै रकम पठाउन सकिने व्यवस्था गरिनेछ । सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुन:स्थापनाका कामलाई प्रभावकारी बनाउन विपद् कोष परिचालनसम्बन्धी प्रक्रियालाई सहज बनाउने निर्णय गरेको जनाएको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु गरेको छ । भीमफेदी गाउँपालिकाको पहलमा प्रदेश सरकारले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकको आज स्थलगत निरीक्षण गरी मर्मत तथा निर्माणको काम सुरु गरिएको बागमतीका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए । भीमफेदी र सिस्नेरी ...
। ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् । उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ । कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ । उनीविरुद्ध कालोबजार ...
। पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु गर्‍यौं ...
। बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर ...
। भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको छ । प्रारम्भिक अध्ययनअनुसार नुवाकोटमा मात्रै बाढीमा परेर १० देखि १५ हजार सुँगुर/बंगुर र करिब एक लाख ५० हजार व्यावसायिक कुखुरा नष्ट भएको एसोसिएसनले जनाएको छ । यस्तै, करिब ५०० भैँसीसमेत बगेर/डुबेर मरेको पनि एसोसिएसनको अध्ययनले देखाएको छ ...