मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन्
नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन्

। नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् ।

उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।

थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ ।

यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए ।

सभापति थापाले बिहीबार पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृष्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने बताएका थिए ।

१० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, चिनियाँ टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढेपनि जोखिमपूर्ण अवस्था नभएको जनाएको हो । हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो भागमा ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बाढी र त्यसले निम्त्याएको विनाशलाई ‘सुनामीजस्तै’ भन्दै प्रधानमन्त्री अल्बानिजले यस कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्। ‘आज मैले नेपालका प्रधानमन्त्री शाहसँग कुराकानी ...
। सुरूङबाट शुक्रबार बिहान उद्धार गरिएर निकालेका सञ्जय साहले उद्धारकर्मीहरूसँग त्यहाँको अवस्थाबारे बताएका छन् । उनले त्यहाँ लामो टनेल भएकाले अरु पनि धेरै जना परेको हुनसक्ने बताएका छन् । बाढी आएपछि आफू कसरी त्यहाँ फसेँ भन्ने पनि उल्लेख गरेका छन् । उनले नेपाली सेनाका अधिकारीहरूसँग गरेको छोटो संवादको अंश यस्तो छ : भित्र कति जना जति छन् होला ? भित्र ...
। विनाशकारी बाढीपछिका दिन घर्किँदै जाँदा सम्पर्कविहीनका परिवारमा निराशा बढ्दैगएको छ । यता मधेश प्रदेशका जिल्लाहरूमा आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै आउने क्रम पनि थपिँदै छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको विवरण अनुसार बिहान १० बजेसम्म रसुवाको बाढीमा सम्पर्कविहीन भएका भन्दै रिपोर्ट गरिएकाको संख्या २२० पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार दुई दिन अघिसम्म सम्पर्कविहीन भन्दै ...
। रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका ३० वर्षीय सञ्जय साह १० दिनपछि जीवितै उद्धार भएका छन्। शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनलाई सकुशल बाहिर निकालेपछि सप्तरीस्थित उनको परिवारमा १० दिनदेखिको छटपटी हर्षका आँशुमा बदलिएको छ। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का सञ्जय आयोजनाको कन्ट्रोल रुममा कार्यरत थिए। छोराको सकुशल ...