मुख्य समाचार
पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो
पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो

। दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।

नदीको बहाव प्रभावित भएकाले सतर्क रहन नदी किनारका बस्तीहरूलाई सचेत गराउन लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

‘पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन, प्रहरी त्यसतर्फ गइसकेको छ,’ प्रजिअ पौडेलले भने ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ ।



नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ । चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि गम्भीर प्रश्न उठाएका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले उक्त समूहको परिचय र उद्देश्य स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्। अध्यक्ष ओलीले ‘ग्रीन आर्मी’ले २०७२ सालको भूकम्प र कोभिड–१९ ...
। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नुवाकोटको बिदुर नगरपालिका–५ बाट बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रस्थान गरेका छन्। ओली स्वयंसेवक (भोलेन्टियर) टोलीसहित बिदुर नगरपालिका–५ अन्तर्गत पर्ने बटार, ढुङ्गे लगायतका बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका हुन् । भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ...
। रसुवास्थित भोटेकोशीमा एक्कासी आएको भीषण बाढीमा परेर नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन् । तीन जनाको शव फेला परेको छ । बाढीमा परेर मृत्यु भएका परिवारले भने केही आर्थिक राहत पाउने नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार मृतकका परिवारले कल्याण कोषबाट ३ लाख पाउनेछन् । ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोषमार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकाले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको तर्क गरे । ‘हामीले सरकारी कोषमा रकम ...