मुख्य समाचार
लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाए
लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाए

। बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, चिनियाँ टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढेपनि जोखिमपूर्ण अवस्था नभएको जनाएको हो ।

हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो भागमा दोस्रो खाल्डो बनेको थियो । चिनियाँ टोलीले खोलाछेवैको ताललाई ब्यारियर लेक वान र माथिल्लो भागमा रहेको ताललाई ब्यारियर लेक टु भनेको छ ।

‘तल्लो भागको तालबाट लगभग सबै पानी बगेकाले पानी जम्मा भएको छैन र खासै समस्या छैन भन्ने कुरा आएको छ,’ पराजुलीले अनलाइनखबरसँग भने, ‘माथिल्लो तालमा भने पानीको सतह केही बढेको छ, तरपछि खतराको तहमा पुगेको छैन भन्ने कुरा आएको छ ।’

चिनियाँ टोलीले आफ्नो भूभागबाट ल्हेन्दे खोला वारीपट्टि नेपालको भूभागको अवलोकन गरिरहेको र त्यसक्रममा तालको सूचना पठाइरहेको इञ्जिनियर पराजुलीले बताए । माथिल्लो भागमा रहेको ताल करिब शून्य दशमलव १९ वर्गकिलोमिटरको हो । त्यो तालमा दुई मिटर सतह बढेर करिब ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान छ ।

पराजुलीले भने, ‘चिनियाँ टोलीले तालका बारेमा निरन्तर सूचना पठाइरहेका छन् । अहिलेसम्मको अवस्थामा तालको पानीबाट जोखिम छैन भन्ने नै उनीहरूको सुझाव छ ।’

गत १० भदौमा रसुवा बाढीपछि लाङटाङ हिमालको उत्तरी भागको नेपाल–चीन सीमानजिक दुईवटा ताल बनेका थिए । चार दिनपछि दुईमध्ये तल्लो भागको पोखरी भत्किएर पानी बग्दा भोटेकोशीमा अर्को बाढी आएको थियो । दोस्रो बाढीपछि भने ताल रित्तिएको पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ । चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि गम्भीर प्रश्न उठाएका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले उक्त समूहको परिचय र उद्देश्य स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्। अध्यक्ष ओलीले ‘ग्रीन आर्मी’ले २०७२ सालको भूकम्प र कोभिड–१९ ...
। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नुवाकोटको बिदुर नगरपालिका–५ बाट बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रस्थान गरेका छन्। ओली स्वयंसेवक (भोलेन्टियर) टोलीसहित बिदुर नगरपालिका–५ अन्तर्गत पर्ने बटार, ढुङ्गे लगायतका बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका हुन् । भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ...
। रसुवास्थित भोटेकोशीमा एक्कासी आएको भीषण बाढीमा परेर नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन् । तीन जनाको शव फेला परेको छ । बाढीमा परेर मृत्यु भएका परिवारले भने केही आर्थिक राहत पाउने नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार मृतकका परिवारले कल्याण कोषबाट ३ लाख पाउनेछन् । ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोषमार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकाले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको तर्क गरे । ‘हामीले सरकारी कोषमा रकम ...