मुख्य समाचार
त्रिशूली-३ ‘बी’ मा ठूला उपकरण पुर्‍याउनै सकस
त्रिशूली-३ ‘बी’ मा ठूला उपकरण पुर्‍याउनै सकस

। रसुवाको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका कर्मचारी, कामदारको खोजी तथा उद्धारका लागि आयोजनास्थलमा तीनवटा एस्काभेटरले निरन्तर काम गरिरहेका छन् । त्रिशूली ३ बी मा १९१ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन छन् ।

आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार उद्धार टोलीले अहिले पुरिएको क्षेत्रमा एस्काभेटर प्रयोग गरेर भग्नावशेष तथा ठूला ढुंगा हटाउने काम गरिरहेको छ । तर, खोजीका क्रममा अहिलेसम्म भवन वा मानिस रहेको कुनै संरचना भेटिएको छैन ।

‘अहिले तीनवटा साना एस्काभेटरले खनिरहेका छन् । तर अहिलेसम्म बिल्डिङ कहाँ छ भन्ने नै भेटिएको अवस्था छैन,’ अर्यालले भनिन्, ‘ठूला–ठूला ढुंगाहरू हटाउने काम भइरहेको छ ।’

पहिरोले सडक अवरुद्ध गरेपछि उद्धारका लागि आवश्यक ठूलो एस्काभेटर आयोजनास्थलसम्म पुर्‍याउन समस्या भइरहेको छ । ठूलो मेसिन नपुगेसम्म प्रभावकारी रूपमा भग्नावशेष हटाउन कठिन हुने आयोजनाको भनाइ छ ।



ठूलो एस्काभेटर लैजान सडक खुलाउने प्रयास भइरहेको भए पनि डाँडा काट्ने काम अझै पूरा हुन सकेको छैन । त्यसैले आयोजनाले अर्को विकल्पका रूपमा एस्काभेटरलाई केही पार्टमा छुट्याएर घटनास्थलसम्म पुर्‍याउने र त्यही पूर्ण जडान गरी कार्य गर्ने सम्भावनासमेत खोजिरहेको छ ।

अर्यालका अनुसार त्यसका लागि मेकानिक टोली खोज्ने र सडक डिभिजनसँग समन्वय गर्ने काम भइरहेको छ । ‘ठूला एस्काभेटर जसरी हुन्छ त्यहाँ पुर्‍याउन सकियो भने मात्रै आउटपुट देखिने अवस्था छ,’ उनले भनिन्, ‘सानोबाट कामको आउटपुट देखाउनै नसक्ने अवस्था छ ।’

ठूलो एस्काभेटरलाई पार्ट छुट्याएर लैजाने प्रक्रिया भने एकै दिनमा पूरा नहुने भएकाले त्यसमा केही समय लाग्ने उनको भनाइ छ ।

आयोजनास्थलमा उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको टोली परिचालन भएको छ । हाल विदेशी उद्धार टोली आयोजनास्थलमा नरहेको अर्यालले स्पष्ट पारिन् ।

अडिट टनेलबाट समेत खोजी तथा उद्धार अघि बढाउने तयारी भइरहेको छ । त्यसका लागि अडिट टनेलभित्र रहेका काठ तथा अन्य अवरोध हटाएर बाटो ‘क्लियर’ गर्ने र त्यसलाई अडिट–२ तर्फबाट प्रयोग गरी भग्नावशेष हटाउने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० गतेको रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव भेटिएको जनाएको हो। बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार ...
। राहत वितरण केन्द्र जिल्ला समन्वय समिति, नुवाकोटले वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ । वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा बाढीबाट प्रभावित, असाह्य, असक्त वा अन्य कुनै कारणले दैनिक उपभोगको सामान अभाव भएका व्यक्तिहरूले राहत लिन सक्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ । नुवाकोटको हकमा बिदुरस्थित राहत ...
। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो । ‘सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष ...
। सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको छ । मनसुन यामको बाढी र यसले गरेको वितण्डाबीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म कुल ३२ समूहका ३ सय ६७ आरोहीले आगामी आरोहण सिजनलाई हिमाल चढ्ने अनुमति लिइसकेका छन् । तीमध्ये ८७ महिला छन् । विभागका ...
। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा चौलानी नदी थुनिने पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहावसमेत प्रभावित भएको छ। पहिरोपछि नदी केहीबेर थुनिएको र अहिले खुलेको बताइएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे ...