मुख्य समाचार
पहिरोका कारण जोखिम बढेपछि गाउँपालिकाले स्थानीयवासी तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह
पहिरोका कारण जोखिम बढेपछि गाउँपालिकाले स्थानीयवासी तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह

: अपिहिमाल गाउँपालिका–१ भट्टार गाउँ नजिक गएको पहिरोका कारण जोखिम बढेपछि गाउँपालिकाले स्थानीयवासी तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाका अनुसार शुक्रबार दिउँसो भट्टार गाउँनजिक अचानक पहिरो खसेर चमेलिया नदीको केही भाग पुरिएको थियो।

पहिरो खस्ने क्रम अहिले रोकिएको र हाल चमेलिया नदीको जलप्रवाहमा कुनै अवरोध नरहेको गाउँपालिकाले जनाएको छ।
प्राकृतिक विपत्ति जुनसुकै बेला आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन गाउँपालिकाले आग्रह गरेको छ। पहिरोको जोखिममा रहेका भट्टार गाउँका नागरिकलाई तत्काल आफन्तको घरमा बस्न अनुरोध गरिएको गाउँपालिकाको सूचनामा उल्लेख छ।

पहिरोका कारण मानवीय तथा भौतिक क्षति नभएपनि किसानका बालीमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ। क्षतिको वास्तविक अवस्था बुझ्न तथा प्रभावित बालीको विवरण संकलन गर्न गाउँपालिकाका कृषि अधिकृत योगेन्द्र डाँगा र विपद् फोकल व्यक्ति नन्दनसिंह ठेकरेलीलाई खटाइएको छ।

यस्तै, पहिरोको जोखिमका कारण विद्यालय आवतजावतमा समेत असर परेको छ। सिति गाउँमा अध्ययन गर्न आउने पहिरोको पारिपट्टिका विद्यार्थीलाई जोखिम कम नभएसम्म सिति गाउँमै बस्ने व्यवस्था मिलाउन पहल गरिएको गाउँपालिकाले जनाएको छ। प्रभावित क्षेत्रका स्थानीयका लागि त्रिपाल, म्याट्रेसलगायत आवश्यक सामग्री गाउँपालिकाको टोलीमार्फत पठाइएको र अवस्थाबारे जानकारी लिने काम भइरहेको सूचनामा उल्लेख छ।

पुलबाट भारी सामान नलैजान आग्रह

भट्टार गाउँको पहिरोका कारण अपिहिमाल बेस क्याम्प पदयात्रा पनि प्रभावित भएको गाउँपालिकाले जनाएको छ। पदयात्रा केही समयका लागि रोक्न पदयात्रीलाई अनुरोध गरिएको छ।

यसैबीच अपिहिमाल बेस क्याम्प पदयात्रामा पर्ने धनवारी भन्के क्षेत्रमा चमेलिया नदीमाथिको काठेपुलको एकापट्टिको भाग भाँचिएकाले यात्रा थप जोखिमपूर्ण बनेको गाउँपालिकाले जनाएको छ।

पुलबाट आवतजावत गर्दा आवश्यक सावधानी अपनाउन, भारी सामान बोकेर पुलमा नहिँड्न तथा पुलको बाटोबाट भारी सामान लैजान खच्चडलगायतका चौपायालाई समेत प्रयोग नगर्न गाउँपालिकाले विशेष अनुरोध गरेको छ।

उक्त स्थानमा पुल निर्माणको काम भइरहेको भन्दै पुल निर्माण सम्पन्न नहुँदासम्म केही समय धैर्य गरिदिन गाउँपालिकाले सबैसँग आग्रह गरेको छ। अपिहिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकन्द्रबहादुर बिष्टद्वारा जारी सूचनामा प्राकृतिक विपत्तिको जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासी, विद्यार्थी तथा पदयात्री सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सामुदायिक जंगलमा लुकाइ राखेको अवस्थामा १० थान भरुवा बन्दुक बरामद भएको छ। दाङको बबई गाउँपालिका तथा लमही नगरपालिकाको विभिन्न सामुदायिक वनबाट लुकाइछिपाइ राखेको अवस्थामा १० नाल भरुवा बन्दुक बरामद गरिएको हो। शुक्रबार बिहान ५:३० बजेदेखि ८:०० बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा उक्त भरुवा बन्दुक बरामद गरेको हो । टोलीले बबई गाउँपालिका ...
: मोरङमा स्कुटरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । स्कुटर चालकसहित दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार बेलबारी नगरपालिका–९ स्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको हो । लक्ष्मीमार्गबाट डाँगाबजारतिर जाँदै गरेको प्र १–०२–०५३ प ६६५१ नम्बरको स्कुटरले शुक्रबार साँझ ७ बजेतिर ठक्कर दिँदा अन्दाजी ७५ वर्षीय बेग्री राजवंशीको ...
: सङ्खुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एकजना शिक्षकको हत्या भएको छ । कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार शिक्षक राईको देब्रे कोखमा भरुवा बन्दुकको गोली प्रहार गरी हत्या भएको हो । प्रहरी ...
: विराटनगरमा आज ५९ औँ राधाकृष्ण रथयात्रा हुँदैछ । धार्मिक उत्सवका रूपमा विशेष महत्व राख्ने रथयात्रामा नेपालका विभिन्न स्थानसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत गरी करिब पाँच लाख भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ । राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुनेछ । भक्तजनको ठूलो सहभागितालाई ध्यानमा राख्दै आयोजकले व्यवस्थापनदेखि सुरक्षासम्मका तयारी पूरा गरिएको जनाएको छ ...
: झापाको अर्जुनधारामा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–९ बाह्रघरेस्थित शनिश्चरे–जयपुर भित्री पक्की सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नम्बरको पल्सर मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले ...