मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

: झापाको अर्जुनधारामा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–९ बाह्रघरेस्थित शनिश्चरे–जयपुर भित्री पक्की सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नम्बरको पल्सर मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक इलामको सूर्योदय नगरपालिका–११ का २८ वर्षीय रुपेश राईलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय पर्यटक सवार कार फेवातालमा खस्दा दुईजनाको मृत्यु भएको छ। शुक्रबार बिहान नियन्त्रण गुमाई फेवातालमा कार खस्दा दुईजना भारतीय पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ। कार दुर्घटनामा परी भारत बिहार रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र सोही ठाउँका वर्ष २६ का प्रियान्सु पाण्डेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ...
: भोटेकोशीमा आएको बाढीपछि भारतले नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध गराइरहेको छ। भारतीय वायुसेनाका सातवटा विमानमार्फत हालसम्म करिब ९५.५ टन राहत सामग्री नेपाल ल्याइएको हो। भारतीय पक्षका अनुसार बाढी प्रभावितका लागि अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सोलार बत्ती, टेन्ट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, पानी तान्ने पम्प, भान्साका सामग्री, जेनेरेटर, औषधि, पानी शुद्ध गर्ने ...
: सामुदायिक जंगलमा लुकाइ राखेको अवस्थामा १० थान भरुवा बन्दुक बरामद भएको छ। दाङको बबई गाउँपालिका तथा लमही नगरपालिकाको विभिन्न सामुदायिक वनबाट लुकाइछिपाइ राखेको अवस्थामा १० नाल भरुवा बन्दुक बरामद गरिएको हो। शुक्रबार बिहान ५:३० बजेदेखि ८:०० बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा उक्त भरुवा बन्दुक बरामद गरेको हो । टोलीले बबई गाउँपालिका ...
: मोरङमा स्कुटरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । स्कुटर चालकसहित दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार बेलबारी नगरपालिका–९ स्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको हो । लक्ष्मीमार्गबाट डाँगाबजारतिर जाँदै गरेको प्र १–०२–०५३ प ६६५१ नम्बरको स्कुटरले शुक्रबार साँझ ७ बजेतिर ठक्कर दिँदा अन्दाजी ७५ वर्षीय बेग्री राजवंशीको ...
: सङ्खुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एकजना शिक्षकको हत्या भएको छ । कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार शिक्षक राईको देब्रे कोखमा भरुवा बन्दुकको गोली प्रहार गरी हत्या भएको हो । प्रहरी ...