मुख्य समाचार
सामुदायिक जंगलमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद
सामुदायिक जंगलमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद

: सामुदायिक जंगलमा लुकाइ राखेको अवस्थामा १० थान भरुवा बन्दुक बरामद भएको छ। दाङको बबई गाउँपालिका तथा लमही नगरपालिकाको विभिन्न सामुदायिक वनबाट लुकाइछिपाइ राखेको अवस्थामा १० नाल भरुवा बन्दुक बरामद गरिएको हो।

शुक्रबार बिहान ५:३० बजेदेखि ८:०० बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

टोलीले बबई गाउँपालिका –०४ स्थित चितलगैरा सामुदायिक वनबाट ४ नाल,लमही नगरपालिका –०३ जखेरा सामुदायिक वनबाट ५ नाल र बबई गाउँपालिका –०२ सुवाखोरे सामुदायिक वनबाट गरी १ नाल गरी जम्मा १० नाल भरुवा बन्दुक बरामद गरिएको छ भने घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपतकालीन राहत प्रदान गरेको छ। तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको हो। ‘साझा हिमाल, साझा नदी, सुखदुःखमा एकता’ भन्ने नारासहित चीन र नेपाली भाषामा लेखिएको ब्यानरसहित राहत सामग्री हस्तान्तरण गरिएको थियो। सिजाङबाट पठाइएको राहतमा बेलीब्रिजका प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज ...
: नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन्। उनी नेपाली सेनाको सह सेनानी कप्तानबाट मेजरमा बढुवा भएका हुन्। उनको यो नियमित बढुवा हुन्। नेपाली सेना प्रवेश गर्दा भरतले अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएका थिए। उनी हाल भने रसुवामा गएको विनाशकारी बाढीको उद्धारमा खटिएका छन्। ...
: प्रधानमन्त्री बालेन शाहले विपद्को सामना गर्दै सबै मिलेर सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा साथ दिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फ शाहले संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने नहुने भन्दै धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नु पर्ने बताएका हुन्। ‘हामी रोकिदैनौं।आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना ...
: परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै विपद्पछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्। काठमाडौंस्थित कूटनीतिक समुदायसँग बिहीबार मन्त्रालयमा आयोजित ब्रिफिङमा मन्त्री खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था र प्राप्त अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न ...
गोसाइँकुण्ड दर्शनका लागि घरबाट निस्कँदा उनीहरूमा धार्मिक यात्राको उत्साह थियो। परिवारसँगै तीर्थयात्रामा निस्किएका उनीहरू सकुशल फर्किने आशामा थिए। तर, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्यो यात्रा परिवारका लागि कहिल्यै नमेटिने पीडामा बदलिदिएको छ। धादिङमा बाढी–पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पु र्‍याएको छ। बाढी–पहिरोमा परेर जिल्लाका १ सय ४७ जना मानिस हराइरहेका छन् भने ४ सय ...