मुख्य समाचार
भारतीय पर्यटक सवार कार फेवातालमा खस्दा दुईजनाको मृत्यु
भारतीय पर्यटक सवार कार फेवातालमा खस्दा दुईजनाको मृत्यु

: भारतीय पर्यटक सवार कार फेवातालमा खस्दा दुईजनाको मृत्यु भएको छ। शुक्रबार बिहान नियन्त्रण गुमाई फेवातालमा कार खस्दा दुईजना भारतीय पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ।

कार दुर्घटनामा परी भारत बिहार रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र सोही ठाउँका वर्ष २६ का प्रियान्सु पाण्डेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजलमा लगिएका अर्का दुईजना भारतीय पर्यटकको उपचारपछि डिस्चार्ज भइसकेका छन् । भारत बिहार मोतिहारी रक्सोलका २७ वर्षीय अनमोल कुमार यादव र सोही गाउँका ३३ वर्षीय सुरज यादव उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ ।
पामे सेदी तर्फबाट लेकसाइड आउँदै गरेको भारतीय पर्यटक सवार बिआर ०५ बिबि ६७५९ नम्मरको कार गैराको चौताराको घुम्ति क्षेत्रमा अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको थियो । कारमा ४ जना भारतीय पर्यटक सवार थिए।

बिहान ४:५५ बजेतिर तालमा खसेपछि तत्कादै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपाल कालिका गणबाट सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए । कारलाई क्रेनको सहयोगमा बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित जिल्लाकै पुरानो आदर्श माध्यमिक विद्यालयका बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरिएको छ। गत भदौ १० र १४ गते आएको विनाशकारी बाढीबाट प्रभावित बाल बिकासका बिद्यार्थी देखि कक्षा १२ सम्मका ८६ जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय झोला, डायपर, सेनिटरी प्याडलगायतका सामग्री वितरण गरिएको हो। ‘छोरी’ नामक संस्थाको सहयोगमा आयोजित कार्यक्रममा गजुरी ...
: विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ जिल्ला कारागारमा लामो समयदेखि देखिएको गुटबन्दी शुक्रबार कुटाकुटमा परिणत भएपछि प्रशासनले १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेको छ। कारागारभित्र एउटा समूहले ‘बी ब्लक’ नियन्त्रणमा लिएर प्रशासनको प्रवेशसमेत रोकेको थियो। कारागार कब्जाको पक्ष र विपक्षमा रहेका कैदीबन्दीबीच कुटाकुटा हुँदा लामो समयदेखि झँगिएको गुटबन्दी विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन मोरङ ...
: बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग हस्तान्तरण गरेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको खोज, उद्धार, राहत तथा पुनःस्थापका लागि बर्जर पेन्ट्स नेपालले आर्थिक सहयोग प्रदान गरेको हो। उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। २५ वर्षदेखि विश्वास र गुणस्तरको ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने र पीडितले समयमा नपाउने हुँदा राहत सिधै पीडितको हातमा पुर्‍याउनुपर्ने बताए । राहत सरकारी कोषलाई नभई पीडित जनतालाई चाहिएकाले ...
: तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपतकालीन राहत प्रदान गरेको छ। तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको हो। ‘साझा हिमाल, साझा नदी, सुखदुःखमा एकता’ भन्ने नारासहित चीन र नेपाली भाषामा लेखिएको ब्यानरसहित राहत सामग्री हस्तान्तरण गरिएको थियो। सिजाङबाट पठाइएको राहतमा बेलीब्रिजका प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज ...