मुख्य समाचार
प्रधानमन्त्री बालेन शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता
प्रधानमन्त्री बालेन शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता

: प्रधानमन्त्री बालेन शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता भएको छ। शुक्रबार बिहान १० बजे भएको वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद गरेका हुन्।

प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट जनधन तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले बाढी प्रभावितको उद्धार तथा राहतमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञसहित ड्रोन अपरेटरको टोली,अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे।

प्रधानमन्त्री शाहले बाढीका कारण नेपालमा बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिएको जानकारी पनि दिए। नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले विपद्को यस घडीमा खोज,उद्धार,राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए।

वार्ताका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा भएको सवारी दुर्घटनामा ३ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान भित्री सडकखण्डमा बाटो काट्ने क्रममा स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई लु. प्र.०१–००१ ह १३७८ नम्बरको अटोले ठक्कर दिएको थियो। दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका शिवमलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ ...
: रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीपछि खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा भइरहेको छ। त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टर मार्फत खोज, राहत तथा उद्धारको कार्य गरिरहेको हो। नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीले बाढी आएको १० औं दिनसम्म ३,२०० भन्दा बढी नेपाली नागरिक तथा २७० भन्दा ...
: रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको पुनःनिर्माण कार्य सुरू भएको छ। मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यी पुल मर्मतका लागि ...
: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि,पूर्वाधार मन्त्रालयका प्रतिनिधि,भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक,सम्बन्धित जिल्लाका सहायक ...
: विराटनगरमा घरको ट्रष्ट निर्माणको काम गर्ने क्रममा एक तलामाथिबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१२ दरैयाका ३६ वर्षीय गौरव राजवंशी रहेका छन्। उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित वन कार्यालय नजिक बिजुकुमार थापाको घरमा ट्रष्ट निर्माणको काम भइरहेको थियो । सोही क्रममा ...