: बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग हस्तान्तरण गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको खोज, उद्धार, राहत तथा पुनःस्थापका लागि बर्जर पेन्ट्स नेपालले आर्थिक सहयोग प्रदान गरेको हो। उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
२५ वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले सबैको साझा प्रयास र सहयोगबाट मात्र कठिन परिस्थितिबाट छिट्टै उठ्न सकिने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा सधैँ प्रतिबद्ध रहने जनाएको छ ।