मुख्य समाचार
रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीपछि खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा
रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीपछि खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा

: रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीपछि खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा भइरहेको छ। त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टर मार्फत खोज, राहत तथा उद्धारको कार्य गरिरहेको हो।

नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीले बाढी आएको १० औं दिनसम्म ३,२०० भन्दा बढी नेपाली नागरिक तथा २७० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिसकेको जानकारी दिए। प्रभावित क्षेत्रका ७ वटै टनेलमा नेपाली सेनाको टोली परिचालन गरिएको उनले बताए। त्रिशूली ३ ’ए’ टनेलको १७० मिटर भित्र पुगेर २ जना नेपाली नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको र खोजी कार्य जारी रहेको उनले जानकारी दिए। त्यस्तै त्रिशूली ३ ’बी’ टनेलको ३० मिटर भित्र पुगेर माटो तथा लेदो हटाउने काम भइरहेको र रसुवागढीटनेलको २७५ मिटर भित्र छिरेर खोजी तथा उद्धार कार्य अघि बढाइएको सेनाले जनाएको छ।

महासेनानी रेश्मीका अनुसार बिदुरको इन्द्रेणी घाटमा तुइन सञ्चालनमा ल्याइएको तथा देवीघाटमा अर्को तुइन निर्माण भइरहेको छ । यस्तै बेलिब्रिज बनाउने काम पनि सुरु गरिएको उनले बताए। उनका अनुसार हवाई उद्धारका अतिरिक्त रसुवा र धुन्चेका विभिन्न १९ स्थानमा जमिनमै फौज परिचालन गरी खोजी, उद्धार तथा राहत वितरण कार्य निरन्तर छ।

त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले स्थानीय प्रतिनिधि र सुरक्षाकर्मीसँग छलफल गरी आवश्यकता भएका स्थानमा अत्यावश्यक सामान ढुवानी सुरु गरिएको जानकारी दिए। नुवाकोटलाई केन्द्र बनाएर रसुवा लगायतका क्षेत्रमा खाद्यान्न मात्र नभई लत्ताकपडा, औषधि तथा अन्य आवश्यक उपकरणहरू वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए। रेग्मीले राहत सामग्री ढुवानी र वितरणका लागि २ वटा हेलिकप्टर ‘डेडिकेटेड’ रूपमा परिचालन गरिएको तथा शव व्यवस्थापन तथा सम्बन्धित कामको लागि छुट्टै २ वटा हेलिकप्टरको व्यवस्था गरिएको बताए।

साथै बाढीका कारण अवरुद्ध सडकहरू खुलाउन सडक विभागसँग छलफल गरी साना तथा ठूला सवारी साधन सञ्चालनयोग्य बनाउन तीव्र गतिमा काम भइरहेको उनले जानकारी दिए। बेत्रावती तथा अन्य आवश्यक स्थानहरूमा बेलिब्रिज राख्ने काम अघि बढाइएको उनको भनाई छ । विपद् प्रतिकार्यमा संघ , प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षमता अनुसार समन्वय गरेर काम गरिरहेको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राहदानी विभागले आगामी भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै २०८३ साल भदौ २२ र २३ गते राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा ...
: कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा भएको सवारी दुर्घटनामा ३ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान भित्री सडकखण्डमा बाटो काट्ने क्रममा स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई लु. प्र.०१–००१ ह १३७८ नम्बरको अटोले ठक्कर दिएको थियो। दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका शिवमलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ ...
: रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको पुनःनिर्माण कार्य सुरू भएको छ। मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यी पुल मर्मतका लागि ...
: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि,पूर्वाधार मन्त्रालयका प्रतिनिधि,भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक,सम्बन्धित जिल्लाका सहायक ...
: विराटनगरमा घरको ट्रष्ट निर्माणको काम गर्ने क्रममा एक तलामाथिबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१२ दरैयाका ३६ वर्षीय गौरव राजवंशी रहेका छन्। उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित वन कार्यालय नजिक बिजुकुमार थापाको घरमा ट्रष्ट निर्माणको काम भइरहेको थियो । सोही क्रममा ...