मुख्य समाचार
बाढीका कारण चिलिमे जलविद्युत् आयोजनामा फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धार कार्य निरन्तर जारी
बाढीका कारण चिलिमे जलविद्युत् आयोजनामा फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धार कार्य निरन्तर जारी

: भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण चिलिमे जलविद्युत् आयोजनामा फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धार कार्य निरन्तर जारी छ।

कठिन भौगोलिक बनावट, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण घटनास्थलसम्म आवश्यक जनशक्ति, उपकरण र सामग्री पुर्‍याउन ठूलो चुनौती थपिएको छ।

हाल सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका २१ जना टोली प्रत्यक्ष रूपमा खटिएका छन्। उद्धारटोलीले सुरुङभित्र जम्मा भएको माटो तथा भारी भग्नावशेष म्यानुअल (हाथैले) हटाइरहेका छन्। २५० मिटर लामो सुरुङमध्ये अहिलेसम्म करिब १०० मिटर भाग सफा गरिसकिएको छ।

तातो र साँघुरो सुरुङभित्र हातैले मात्र काम गरेर उद्धार सम्पन्न गर्न सम्भव नभएकाले ठूला एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउनु अत्यावश्यक देखिएको छ।

यसका लागि स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पुग्ने नयाँ पहुँच सडक निर्माणको काम आजैदेखि अघि बढाइएको छ। साथै, सुरुङमार्फत नै एक्स्काभेटर छिराउने अर्को विकल्पमा पनि काम भइरहेको र त्यसका लागि बाँकी रहेको १०० मिटर भागको माटो हटाउने प्रयास निरन्तर जारी छ।

भौगोलिक जटिलताका कारण ठूला हेलिकोप्टर अवतरण गराउन सम्भव नभएपछि साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री र उद्धार उपकरणहरू घटनास्थलसम्म पुर्‍याउने प्रयास भइरहेको छ। भौतिक अवरोध र कठिन परिस्थिति भए तापनि उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखेर पहुँच विस्तार र उपकरण परिचालनका कामहरू तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन्। पिलुवाबाट प्र. २–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाएर पथलैयातर्फ आउँदै गरेका चौरेललाई विपरित दिशाबाट जाँदै गरेको ना १ अयो १३४ नम्बर लेखिएको टिपरले बैजुरा पुलमा ठक्कर दिएको ...
। जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ । विराटनगर- ८ मा रहेको कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो । झडपपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए । उनका अनुसार ‘बी ब्लक’ १९ जनालाई निकालिएको हो । कैदीबन्दीलाई यातना दिएको र रकम असुल गरेको भन्दै अर्को पक्षले चौकीदार विशाल ...
प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी
: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावितहरुको उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भएपनि समयमै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था ...
। संयुक्त राष्ट्रसङ्घले रसुवाको भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ । जुन साढे सात अर्ब भन्दा बढी नेपाली रुपैयाँ हुन आउँछ । राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सिर्जित विपद्को राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको आह्वान गरेको हो ...