मुख्य समाचार
दक्षिण अमेरिकी मुलुक बोलिभियाको एक सैन्य ब्यारेकमा भएको भीषण विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु
दक्षिण अमेरिकी मुलुक बोलिभियाको एक सैन्य ब्यारेकमा भएको भीषण विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु

: दक्षिण अमेरिकी मुलुक बोलिभियाको एक सैन्य ब्यारेकमा भएको भीषण विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। घटनामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन्।

बोलिभियाका रक्षा मन्त्री अर्नेस्टो हुस्टिनियानोका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो करिब २:३० बजे आर्टिलरी रेजिमेन्ट तैनाथ रहेको ब्यारेकमा राखिएका 'पाइरोटेक्निक सामग्री' (पटका तथा आतिशबाजीका सामान) विष्फोट भएको हो। उक्त दुर्घटनामा परी कम्तीमा ५८ जना घाइते भएको रक्षा मन्त्रीले जानकारी दिएका छन्।

राजधानी ला पाजबाट करिब ३० किलोमिटर टाढा रहेको बियाचामा भएको यस घटनामा १० देखि १५ जनासम्मको मृत्यु भएको हुनसक्ने आशङ्का स्वास्थ्य अधिकारी रिट नुब्रास्कोले स्थानीय टेलिभिजनलाई बताएका छन्। विष्फोटका कारण आसपासका दर्जनाऊँ घरहरूमा क्षति पुगेको छ भने उद्धारकर्ताहरू हाल भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार कार्यमा जुटिरहेका छन्।

स्वास्थ्य अधिकारी नुब्रास्कोले पुनः विष्फोट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सैन्य अड्डाबाट कम्तीमा १५० मिटर टाढा रहन अपिल गरेका छन्। ब्यारेकमा आतिशबाजीका सामग्रीहरू भण्डारण गरेर राखिएको र विष्फोटको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रोजर रोकाले बताएका छन्।

यस दुःखद घटनापछि बियाचाका स्थानीय अधिकारीहरूले तीन दिनको शोक घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेकी छन्। भिडियोमार्फत अपिल गर्दै थनवर्गले नेपाललाई दिइने सहयोगलाई ‘सहायता’ वा ‘उदारता’का रूपमा नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्ने बताएकी छन् । उनका अनुसार विकसित मुलुकहरूले जलवायु परिवर्तनबाट सिर्जित क्षतिको जिम्मेवारी लिँदै नेपालजस्ता देशलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ। ‘नेपाललाई ...
। चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढीपहिरो प्रभावित नेपालका लागि दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ। सिजाङ स्वायत्त क्षेत्रबाट पठाइएको उक्त सामग्री शुक्रबार सिगात्सेको रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सहयोग सामग्रीमा बेली प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायतका सामग्री छन् । यी सामग्रीबाट दुईवटा बेलिब्रिज ...
। जर्जिया मेलोनी दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्री बनेकी छन् । यस उपलब्धिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरा मित्र र प्रधानमन्त्री जर्जिया मेलोनीलाई दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बनेकोमा बधाई । यो उपलब्धिले उहाँको नेतृत्वमा ...
। इरानमा मङ्गलबार भएको सैन्य आक्रमणका क्रममा एक विवाह समारोहमा नागरिक हताहत भएको घटनाबारे अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले समीक्षा सुरु गरेको छ। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका छन्। उक्त घटना अमेरिकी आक्रमणकै कारण भएको पुष्टि भइनसके पनि यो छ महिनाअघि युद्ध सुरु भएयताकै ठूलो नागरिक हताहतीको घटनामध्ये एक हो। युद्धको पहिलो दिन एक विद्यालयमा ...
। अस्ट्रेलियामा चिनियाँ गाडीहरूको बढ्दो लोकप्रियतासँगै विद्युतीय सवारी साधनको बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ। ‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसीएआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अगस्ट महिनामा अस्ट्रेलियामा बिक्री भएका कुल नयाँ सवारी साधनमध्ये ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ (बीईभी) को हिस्सा २४.९ प्रतिशत पुगेको छ। यसअघि गत जुन महिनामा यस्तो हिस्सा २३.३ प्रतिशत रहेको थियो। बढ्दो इन्धनको मूल्यका ...