मुख्य समाचार
नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा पाल्पामा शनिवार २०७ औं विजय उत्सव स्वरुप भगवती रथयात्रा निकालिएको छ
नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा पाल्पामा शनिवार २०७ औं विजय उत्सव स्वरुप भगवती रथयात्रा निकालिएको छ

: नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा पाल्पामा शनिवार २०७ औं विजय उत्सव स्वरुप भगवती रथयात्रा निकालिएको छ। पाल्पाका तैनाथवाला तत्कालिन कर्णेल उजिरसिंह थापाले वि. सं १८७१ देखी १८७२ सम्म अंग्रेजसंगको युद्धमा बुटवलको जितगढी क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि.स. १८७७ देखी कृष्ण जन्माष्टमीको भाद्र कृष्ण नवमीको दिन पाल्पामा निरन्तर रुपमा विजय उत्सव मनाउने परम्परा छ।

कर्णेल थापालेअंग्रेजसंग बुटवल क्षेत्रको युद्धमा जानु अघि देवि भगवतीको पाउँ छोएर ‘युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने र भगवतिको महिमा चारैतर्फ फैलाउने छु’ भनी भाकल गरेका थिए। २ पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा अंग्रेज सेनामाथी विजयी भएपछि कर्णेल उजिरसिंह थापाले वि.स. १८७२ देखी ७६ सम्म ठुलो गजुरसहितको ३ तले मन्दिर निर्माण गरेका थिए।

भगवतीको मन्दिर निर्माण कार्य पुरा भएपछि वि.स. १९७७ साल देखी विजय उत्सवको रुपमा प्रत्येक बर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवतिको रथजात्रा हुँदै आएको छ। अंग्रेजलाई युद्धमा हराएको विजय जात्राको रुपमा हुँदै आएको मन्दिरको नाम समेत रणउजिरेश्वरीबाट चर्चित छ । विजय उत्सवलाई भव्य रुपमा मनाउन लुम्विनी प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक विदा दिँदै आएको छ।

विजय उत्सवको भगवती रथजात्रा लाई शनिवार दिउसो १२ः४० बजेको शुभसाईतमा उठाईएको छ। भगवतिको रथलाइ नेपाली सेनाले सलामी दिएपछि ३ पटक मन्दिरको परिक्रमा गराएको भगवती गुठी व्यवस्थापन समितीका अध्यक्ष अशोक महर्जनले बताए। मन्दिर परिक्रमापछि पाल्पामा रहेको नेपाली सेनाका गणपतीले पुजाआजासहित बली र नेपाल सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीले पाल्पा दरवार परिसरमा विशेष पुजासहित बली दिएका छन्।

युद्धमा नेपाली सेनाले बहादुरीकासाथ लडेर अंग्रेजलाई पराजित गरेकोले पाल्पाली जनताले हर्षोल्लासका साथ भगवति रथयात्रा गर्दै आएका छन। भगवती रथजात्रा नेपालीको राष्ट्रियतासँग जोडिएको, नागरिकको भावनासँग गाँसिएको, नेपाली सेनाको सान र वीरताको प्रतिकका रुपमा स्थापित भएकोले केन्द्र सरकारले नै राष्ट्रिय विजय उत्सवको रुपमा मनाउनु पर्ने माग पाल्पाली जनाताको रहेको संस्कृतिविद् निर्मल श्रेष्ठले बताए।

विजय उत्सव भगवती रथजात्राको लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनरायण आचार्य, प्रदेश सभामुख तुलाराम घर्तीमगर, वन वातावरण तथा पर्यटनमन्त्री तुलसी प्रसाद चौधरी, प्रतिनिधीसभा सदस्य माधव थापा, प्रदेशका पूर्वस्वास्थ्यमन्त्री खेम बहादुर सारु र नेपाली सेना तथा सरकारका उच्च पदस्थ व्यक्तिहरुले अवलोकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडकमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी खनिएको ट्र्याक आज जोडिएको हो। ट्र्याक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन ‘डाउन’ अर्थात् सम्याउने काम सुरु गरिने भएको छ। सडक सम्याउने तथा आवश्यक मर्मत कार्य पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला ...
: माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप (डिजास्टर) विज्ञ टोलीको संयुक्त प्रयासमा चिनियाँ नागरिक लुहाइताओको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो। उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएलगत्तै थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली ...
। नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा हुम्ला सदरमुकाम तथा आसपासको क्षेत्रका नागरिकहरु मोबाइलसमेत चार्ज गर्न नपाउदा समस्यामा परेका छन्। नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट-९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति ...
: नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारमा बाढीले पुरिएको घरबाट ११ दिनपछि जीवितै उद्धार गरिएकी महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरमा अड्किएकी चन्द्रिका श्रेष्ठलाई सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो। उद्धारलगत्तै उनलाई थप उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक ...
। चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय राजकुमार दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा टाँडीबाट भरपुर जाँदै गरेको लु प्र.०१-००१ ख ००४५ न.को मिनी ट्रकले भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ न.को स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर ...