मुख्य समाचार
बेत्रावती बजारमा बाढीले पुरिएको घरबाट ११ दिनपछि जीवितै उद्धार
बेत्रावती बजारमा बाढीले पुरिएको घरबाट ११ दिनपछि जीवितै उद्धार

: नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारमा बाढीले पुरिएको घरबाट ११ दिनपछि जीवितै उद्धार गरिएकी महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरमा अड्किएकी चन्द्रिका श्रेष्ठलाई सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो। उद्धारलगत्तै उनलाई थप उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।

यसअघि, सुरक्षाकर्मीहरूले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरेका थिए।


त्यसैगरी, त्रिशूली ३ ‘ए’ को सुरुङभित्र फसेका दुई जनालाई पनि हिजाे (शुक्रबार) सफलतापूर्वक बाहिर निकालिएको थियो। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रताका साथ जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औं राष्ट्रिय दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। एमाले विशेष संगठन कमिटीले आज केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्यौगिक राष्ट्रहरुले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौं नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने उनले माग गरेका हुन्। ‘विकसित देशहरुले ...
: भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी हालसम्म ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी-पहिरोमा परी १ हजार ३ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई शव आफन्तलाई बुझाइएको ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडकमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी खनिएको ट्र्याक आज जोडिएको हो। ट्र्याक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन ‘डाउन’ अर्थात् सम्याउने काम सुरु गरिने भएको छ। सडक सम्याउने तथा आवश्यक मर्मत कार्य पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला ...
: माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप (डिजास्टर) विज्ञ टोलीको संयुक्त प्रयासमा चिनियाँ नागरिक लुहाइताओको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो। उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएलगत्तै थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली ...