: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडकमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ।
दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी खनिएको ट्र्याक आज जोडिएको हो। ट्र्याक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन ‘डाउन’ अर्थात् सम्याउने काम सुरु गरिने भएको छ।
सडक सम्याउने तथा आवश्यक मर्मत कार्य पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला गरिने नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ।