मुख्य समाचार
जलवायु परिवर्तनको क्षतिपूर्ति नेपालले पाउनुपर्छ
जलवायु परिवर्तनको क्षतिपूर्ति नेपालले पाउनुपर्छ

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। एमाले विशेष संगठन कमिटीले आज केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्यौगिक राष्ट्रहरुले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौं नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने उनले माग गरेका हुन्।

‘विकसित देशहरुले ठूलाठूला उद्योग र आणविक भट्टीबाट अति कार्बन उत्सजर्न गर्दा त्यसको मार हामीजस्ता विकाशिल देशहरुले भोग्नु परेको छ ’ पोखरेलले भने ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्ति उनीहरुले तिर्नुपर्दछ। यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनु पर्दछ। ’

महासचिव पोखरेलले एमाले पीडितको राहात,उद्धार र पुनस्थापनका लागि अहोरात्र खटिरहेको बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूसहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तीव्र पारिएको उनले बताए। ‘हाम्रा पार्टीका नेता तथा जनसंगठनहरु बाढी लगत्तै उद्धार तथा राहातमा अहोरात्र खटेका छन्’ पोखरेलले भने ‘राहात सामग्री पिडितलाई पुर्याउने काम पनि हामीले गरिरहेका छौं।’
पोखरेलले एमाले सरकारले अघि सार्ने पुनस्थापना तथा पुनर्निर्माणको काममा सहयोगी हुने बताए। ‘एमालेमा विगतका विपत्तिमा पनि उद्धार,राहात,पुनर्स्थापना र पुननिर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरु हुनुहुन्छ’ पोखरेलले भने ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पीडित क्षेत्रमा प्रयोग गर्छौं। सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ। ’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् । ‘प्रविधिको सही ...
। विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ। राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु भएको रथयात्राले बजार क्षेत्र परिक्रमा गर्नेछ। विराटनगरको पानीट्यांकी चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने देखिएको टिप्पणी गरेका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा ...
। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले १८ भदौको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले सहसचिव श्रवणकुमार पोखरेललाई झापा र सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको को प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । शनिवार कामठाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भएपनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको बताए । पछिल्लो ...