मुख्य समाचार
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका ७३ वर्षीय कृष्णप्रसाद अर्याल र ६७ वर्षीया राधा अर्याल दम्पतीको कुशको शव बनाएर हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।

रसुवाको गोसाइँकुण्ड दर्शनका लागि जाने क्रममा भदौ १० गते उनीहरू सवार सवारीसाधन भोटेकोशीको बाढीमा परेको थियो । त्यसपछि दम्पती सम्पर्कविहीन भएका थिए । परिवार र आफन्तले घटनास्थलदेखि मृतकको शव राखिएको अस्पतालसम्म खोजी गरे पनि कुनै जानकारी नपाएपछि जीवित नरहेको निष्कर्ष निकाल्दै अन्तिम संस्कार गरिएको हो ।

दम्पतीका छोरा प्रकाश अर्याल नुवाकोटको बट्टारस्थित गरिमा विकास बैंकमा कार्यरत छन् । भदौ १० गते बिहान करिब ६ बजे काठमाडौंस्थित घरबाट गाडीमा निस्किएका कृष्ण र राधा बट्टार पुगेर छोरा प्रकाशसँग भेटेका थिए । प्रकाशले बिहान ८:४५ बजे उनीहरूलाई गोसाइँकुण्डतर्फ बिदाइ गरेका थिए ।

बिदाइ गरेको करिब आधा घण्टामै भोटेकोशीमा बाढी आएको र त्यसपछि आमाबुवासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ । बाढी आएलगत्तै उनीहरू सवार गाडीसमेत बेपत्ता भएको जानकारी प्रहरीलाई गराइएको थियो । मोबाइल ट्र्याक गर्दा उनीहरूको अन्तिम लोकेसन टुकुचे देखिए पनि गाडी र दम्पती दुवैको अवस्था पत्ता लाग्न सकेन ।

आठौं दिनसम्म पनि कुनै खबर नआएपछि हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा कुशको पार्थिव शरीर बनाएर दम्पतीको बिहीबार अन्त्येष्टि गरिएको भाइका छोरा युवराज अर्यालले बताए ।

अन्त्येष्टिपछि परिवार काजकिरियामा जुटेको छ । अर्याल दम्पतीका दुई छोरा छन् । एक छोरा विदेशमा छन् भने अर्का काठमाडौंमा बस्दै आएका छन् । केही वर्षयता कृष्ण र राधा छोराबुहारीसँगै काठमाडौंमा बस्दै आएका थिए ।

बाढीपछि लामो समयसम्म आफन्तले उनीहरू जीवितै भेटिने आशा राख्दै खोजी जारी राखेका थिए । तर कुनै संकेत नपाएपछि परिवारले बाध्य भएर धार्मिक संस्कार पूरा गर्दै अन्तिम बिदाइ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् । ‘प्रविधिको सही ...
। विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ। राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु भएको रथयात्राले बजार क्षेत्र परिक्रमा गर्नेछ। विराटनगरको पानीट्यांकी चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने देखिएको टिप्पणी गरेका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा ...
। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले १८ भदौको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले सहसचिव श्रवणकुमार पोखरेललाई झापा र सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको को प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । शनिवार कामठाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भएपनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको बताए । पछिल्लो ...