मुख्य समाचार
दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने देखिएको टिप्पणी
दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने देखिएको टिप्पणी

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने देखिएको टिप्पणी गरेका छन् ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा रहेका दुई जना नेपालीको सकुशल उद्धार हुनु हामी सबैको निम्ति एकातिर सन्तोषको विषय भएको छ,’ प्रचण्डले भने, ‘अर्कोतिर समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको छ ।’

आउने दिनमा मुख्यत: सरकार अझ बढी जिम्मेवार हुनुपर्ने देखाएको उनले बताए ।

प्राकृतिक विपद् तथा यस्ता आपदामा कर्मचारी र सुरक्षा निकायको झन् बढी सहयोग चाहिने उनले बताए ।

‘कर्मचारी भनेपछि स्थायी सरकारको रूपमा परिभाषित गरिन्छ, विश्वभरि नै । त्यसअर्थमा कर्मचारीहरूलाई अझ बढी प्रोत्साहित गर्नुपर्ने बेला हो यो,’ संयोजक प्रचण्डले भने ।

यस्तो बेला कर्मचारीलाई अझ बढी जिम्मेवार र निष्ठाका साथ काममा लगाउने प्रोत्साहित गर्ने बेलामा देशमा त्यस्तो नभएको उनले टिप्पणी गरे ।

‘आज देशमा त्यस्तो भइरहेको छैन । सबैतिर कताकता अन्योलको, अनिश्चयको भुमरीजस्तो अवस्था देखिन्छ,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर कर्मचारीतन्त्रमा परेको छ ।’

कर्मचारीलाई त्रसित र आतंकित बनाएर करबलले गराएको काम जति प्रभावकारी हुनुपर्ने हो नहुने प्रचण्डले बताए ।

‘अहिले कताकता नेपाली राजनीति पनि, कर्मचारीतन्त्र पनि र सबै राज्यका निकाय अलि बढी अन्योलको अवस्था छ,’ उनले भने ।

राष्ट्रको स्वाधीनता, अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सबै केन्द्रित हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवा बाढीले प्रभावित जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उत्खननका लागि एक्स्काभेटर थपिँदैछ । उत्खनन तथा उद्धारको लागि ३ वटा एक्सााभेटर प्रयोग भैरहेकोमा उत्खनन कार्यलाई अझै तीव्रताका साथ अगाडि बढाउनको लागि थप एक्स्काभेटर सहयोगको लागि आयोजना स्थलबाटै सडक डिभिजन कार्यालय नुवाकोटलाई पत्रचार भएको छ । त्रिशूली ३ ए को सर्भे टोलीले त्यसस्थानमा पुगेर सर्वेक्षण कार्य सम्पन्न गरी पावरहाउससहित ...
। चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखिएको छ । भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ । हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका ...
। पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक जनाको सकुशल उद्धार भएको छ । उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेका थिए । उक्त सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विश्वको वातावरणीय सन्तुलन र जलवायु संरक्षणमा नेपालले महत्वपूर्ण योगदान दिँदै आए पनि नेपाली जनताले हरेक वर्ष बाढी, पहिरो तथा अन्य जलवायुजन्य विपद्को पीडा भोग्नुपरेको बताएकी छन् । साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरू उपस्थितिमा सम्मेलनमा उनले यस्तो बताएकी हुन् नेपालको ...
। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् । ‘प्रविधिको सही ...