मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी
चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी

। चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखिएको छ ।

भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।

तर, म्यानुअल रूपमा मात्रै उद्धार कार्य अघि बढाउन कठिन हुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने तयारी भइरहेको छ । एक्स्काभेटर लैजान स्याफ्रुबेँसीदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि पहुँच सडक निर्माणको काम अघि बढाइएको छ ।

त्यसैगरी सुरुङकै बाटोबाट एक्स्काभेटर लैजान सकिने विकल्पमा समेत काम भइरहेको छ । त्यसका लागि सुरुङभित्र रहेको करिब १०० मिटर भागको माटो तथा भग्नावशेष हटाउने कार्य जारी छ ।

घटनास्थलमा ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्‍याउने प्रयास पनि भइरहेको छ ।

उद्धार कार्य भौगोलिक अवस्था र पूर्वाधारको अभावका कारण चुनौतीपूर्ण बने पनि प्रयास भने नरोकिएको उद्धारमा खटिएको टोलीले जनाएको छ ।

पहुँच सडक विस्तार, आवश्यक उपकरण घटनास्थलमा पुर्‍याउने र सुरुङ सफा गर्ने कामलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र जारी खोजी तथा उद्धार कार्यलाई सघाउन स्विट्जरल्याण्डले नेपाललाई एक अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा प्राप्त उक्त सेमी–अटोनोमस ड्रोन शनिबार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालस्थित स्विस दूतावासका अनुसार नेपाल आइपुगेका एक स्विस मानवीय सहायताविज्ञले उक्त उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्वीट्जरल्याण्डको ख्यातिप्राप्त ...
। जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो । वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएको ...
। बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएको थियो । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोला झरनामाथि पहिरोले खोला थुनिएर बनेको ताल फुटेपछि बाढी आएको स्थानीय लालसिंह साउँदले बताए । ‘एक्कासी बाढी आउँदा घरबाहिर निस्केर हिँडेका छौं,’ उनले भने, ...
। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शनिबार साँझ करिब ६:२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावत रोकिएको छ । कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च ...
। संयुक्त अधिराज्य बेलायतको वेल्स राज्यमा अक्टोबरमा हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन पुगेको छ । टिम म्यानेजर लेफ्टीनेन्ट कर्णेल निश्चल पाठक र पट्रोल कमान्डर लेफ्टीनेन्ट प्रवीण पाण्डेको नेतृत्वमा लन्डन आएको टोलीलाई लन्डनस्थित नेपाली राजदूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत गरेका थिए । आउँदो ...