मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त
प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त

: प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफूलाई एक्लो नठान्न पीडित नागरिकहरुलाई आग्रह गरेका हुन्। ‘हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।,’ शाहले लेखेका छन्।

शनिबार बिहान नुवाकोटको विदुर—१० बेत्रावतीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको समेत प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। यो खबर खोज तथा उद्धारमा सरकार 'अझैं डटेर लागिरहेको छ' भन्ने सन्देश पनि भएको शाहको भनाई छ।

यस्तै प्रधानमन्त्री शाहले यस्तो संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी भएको उल्लेख गरेका छन्। त्यस्ता व्यक्तिहरुमाथि सरकार निर्मम हुने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भाद्र १० गते नेपाल-चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवाको नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता भएका छन्। नौकुण्डमा प्रत्यक्ष रूपमा बाढीले बस्तीमा ठूलो समस्या नपारेको भए तापनि कामको सिलसिलामा सीमानाका तथा जलविद्युत् आयोजनामा कार्यरत ६२ जना सम्पर्कमा नआएको गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलनले बताए। अधिकांश रसुवागढीस्थित टिमुरे र केरुङतर्फबाट हराएका हुन्। बाढीले जिल्लाका निजी ...
: भदौ १० गते एकाबिहानै भोटेकोशीमा उर्लिएर आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो। ठूलो मानवीय र भौतिक क्षतिले फेरि एकपटक नेपालमा गहिरिँदै गएको जलवायु संकटको चित्र सतहमा ल्याइदिएका छन्। विश्वव्यापी रूपमा नगण्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता साना राष्ट्रहरू नै जलवायु परिवर्तनको सबैभन्दा ठूलो मारमा परिरहेका छन्। हिमाली भेगमा हिउँ सुक्दै जानु, हिमतालहरू ...
। बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बागथला बजारबाट देउरातर्फ जाँदै गरेको सुपप्र. ०१–००१ ह ६०१२ नम्बरको अटो दिउँसो करिब २:३० बजे बागथला बजारको तल्लो बजार नजिक दुर्घटनामा परेको हो । अटो सडकबाट करिब २०० मिटर तल कालङ्गा खोलामा खसेको थियो । दुर्घटनामा बैतडीको सिगास गाउँपालिका–६ लेकमका १८ वर्षीय अटो चालक ...
। सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको भएको सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सेटमा हरायो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पर्दै खेलमा पकड बनाएको थियो । तेस्रो ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न न्युयोर्क जाने निश्चित भएको छ। आगामी असोज ८ गते दिउँसो महासभामा वक्ताका रूपमा उनले सम्बोधन गर्ने कार्यतालिका छ। कार्यभार सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो वैदेशिक भ्रमण हो। न्युयोर्कस्थित नेपाली नियोगको ताकेतापछि राष्ट्रसंघले संशोधित कार्यतालिका पठाएको र सोहीअनुसार तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ...