मुख्य समाचार
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट

। इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ।

उडान स्थगित हुँदा अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ।

शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म फैलिएपछि जनजीवन प्रभावित भएको छ।

खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् भने माछा मार्ने गतिविधि पनि रोकिएको छ। विपद् न्यूनीकरण निकायले भने तत्काल सुनामीको जोखिम नरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ (ईयू) ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री नेपाल ल्याइएको हो। ईयूले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप ५ लाख युरो उपलब्ध गराउने भएको छ। उक्त रकमबाट स्थानीय टोलीहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री तथा ...
। अमेरिकाको न्युयोर्क सहरका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न अस्थायी रोक लगाइएको छ । न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी शैक्षिक सत्रदेखि प्राथमिक र मिडिल स्कुलका विद्यार्थीलाई एआई प्रयोग गर्न नदिइने घोषणा गरेका छन् । यो निर्णयबाट झण्डै ६ लाख विद्यार्थी प्रभावित हुने बीबीसीले जनाएको छ । मेयर ममदानीले बालबालिकाको सिकाइ र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर रुस र युक्रेनको भ्रमणमा जाने भएका छन् । उनीहरू रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रयासस्वरूप भ्रमणमा जान लागेका हुन् । भ्रमणबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले उनीहरू युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर जान लागेको बताएका छन् । ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिकासँग ठोस प्रस्ताव रहेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानस्थित रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'माउन्ट कलाङ' मा अमेरिकाले छिट्टै हमला गर्न सक्ने चेतावनी दिएका छन्। शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। नतान्ज आणविक संयन्त्रनजिकै रहेको माउन्ट कलाङ दुईवटा गहिरा सुरुङहरू भएको एक अत्यन्त सुरक्षित र किल्लाजस्तै सैन्य ठेगाना मानिन्छ। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी ...
। विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेकी छन्। भिडियोमार्फत अपिल गर्दै थनवर्गले नेपाललाई दिइने सहयोगलाई ‘सहायता’ वा ‘उदारता’का रूपमा नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्ने बताएकी छन् । उनका अनुसार विकसित मुलुकहरूले जलवायु परिवर्तनबाट सिर्जित क्षतिको जिम्मेवारी लिँदै नेपालजस्ता देशलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ। ‘नेपाललाई ...