मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुमाथि सरकार निर्मम हुने बताए
प्रधानमन्त्री बालेन शाहले संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुमाथि सरकार निर्मम हुने बताए

: प्रधानमन्त्री बालेन शाहले संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुमाथि सरकार निर्मम हुने बताएका छन्।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक भएको र आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन्। पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरु अपराधि भएको शाहले बताएका छन्।

पिडामा रहेका प्रभावित नागरिकरहरुबाट सरकारमाथि व्यक्त हुने आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने शाहले बताए। ‘संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।,’ प्रधानमन्त्री शाहले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार आइपुगेका हुन् । भेटवार्ताका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुन:स्थापना, राहत तथा उद्धारका प्रयास ...
। रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीमा आएको बाढीपछि मान्छे फसेको शंकासहित खोजी कार्य जारी राखिएको छ । नेपाली र भारतीय उद्धार टोलीले निरन्तर भग्नावशेष हटाउने काम गरिरहेका हुन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पानी र माटो हटाउने कार्य भइरहेको र चिलिमेस्थित सुरुङको छत नजिकै पुगेको जानकारी गराएका छन् । उनका अनुसार, यसरी बाटो खनेर खाली गराउँदा ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ छहरामा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन रोकिएको छ। यसैबीच भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त गजुरी-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। क्षतिग्रस्त सडक हाल एकतर्फी रूपमा ...
। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन् । प्राधिकरणले बेपत्ता कर्मचारीहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिए पनि धेरैको अवस्था अझै अज्ञात रहेकाले पहिचानका लागि ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको छ । प्राधिकरणका अनुसार बाढीले माथिल्लो त्रिशुली ३ ए, त्रिशुली ...
: भोटेकोशी नदीमा आएको बाढीले घरबारविहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका–५ गलौदीका बाढीपीडित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आ श्रयस्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्यांकमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। भदौ १० गते आएको बाढीले गलौदीका अधिकांश घर डुबानमा ...