मुख्य समाचार
२९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति
२९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति

। यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।

विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले जनाएको छ ।

यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ रोयल्टी सङ्कलन भइसकेको पर्यटन विभागले जनाएको छ । त्यसमध्ये मनास्लुका आरोहीबाट मात्र १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गोरखाको चुमनुब्री–१ सामागाउँमा रहेको आठ हजार १६३ मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ ।

अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याप निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही नाङ्स्याल छोदेनले बताए । आरोहीहरू भने सोमबार (सेप्टेम्बर ७) पछि मात्र बेसक्याप आउने उहाँले जानकारी दिए ।

हाल बेसक्याप नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको छोदेनको भनाइ छ । मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ ।

मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दूरीमा छ । बेसक्याम्प गाउँ नजिकै रहनुले आरोहीको रोजाइमा पर्ने गर्छ ।

आरोहीले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गर्छन् । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो । वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएको ...
। बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएको थियो । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोला झरनामाथि पहिरोले खोला थुनिएर बनेको ताल फुटेपछि बाढी आएको स्थानीय लालसिंह साउँदले बताए । ‘एक्कासी बाढी आउँदा घरबाहिर निस्केर हिँडेका छौं,’ उनले भने, ...
। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शनिबार साँझ करिब ६:२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावत रोकिएको छ । कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च ...
। संयुक्त अधिराज्य बेलायतको वेल्स राज्यमा अक्टोबरमा हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन पुगेको छ । टिम म्यानेजर लेफ्टीनेन्ट कर्णेल निश्चल पाठक र पट्रोल कमान्डर लेफ्टीनेन्ट प्रवीण पाण्डेको नेतृत्वमा लन्डन आएको टोलीलाई लन्डनस्थित नेपाली राजदूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत गरेका थिए । आउँदो ...
। दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार आइपुगेका हुन् । भेटवार्ताका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुन:स्थापना, राहत तथा उद्धारका प्रयास ...