: नेपाल–चीन अन्तर्राष्ट्रिय सीमानाका रहेको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा राष्ट्रिय झन्डा फहराइएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले शनिबार नाकामा नेपालको झन्डा राखेको हो।
भोटेकोशी नदीमा आएको बाढीका कारण पुग्न कठिन बनेको उक्त स्थानमा बीओपी टिमुरेको टोली ३ किलोमिटर जोखिमपूर्ण भीरको बाटो हुँदै अगाडि बढेको थियो।
साथै, नेपाली सेनाको टोली हेलिकप्टरमार्फत सोही स्थानमा पुगेपछि दुवै निकायले संयुक्त रूपमा नेपालतर्फ राष्ट्रिय झन्डा स्थापना गरेका हुन्।