मुख्य समाचार
खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली
खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली

। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् ।
प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ ।
विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह सहर चट्टोग्रामतर्फ पदयात्रा सुरु गरेका छन् । पदयात्राका क्रममा विभिन्न स्थानमा थप र्‍याली आयोजना गरिने जनाइएको छ ।
विपक्षी नेता शफिकुर रहमानले आन्दोलन खाना पकाउने ग्यासको नियमित आपूर्ति र प्रत्येक घरमा विद्युत् सेवा सुनिश्चित गर्न केन्द्रित रहेको बताए। “यो आन्दोलन खाना पकाउने ग्यासको सुनिश्चितता गर्न र हरेक घरमा बिजुली पुर्‍याउन केन्द्रित छ”, उनले समर्थकलाई सम्बोधन गर्दै भने।
मध्यपूर्वमा जारी युद्धलगायतका कारण बङ्गलादेशमा इन्धन तथा अन्य अत्यावश्यक वस्तुको अभाव बढेको बताइएको छ । सङ्कट व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर पनि आलोचना भइरहेको छ ।
उच्च विद्युत् महसुलप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ सरकारी अधिकारीलाई अपमान गरेको आरोपमा एक कलेज विद्यार्थी पक्राउ परेको भोलिपल्ट विपक्षीले प्रदर्शन गरेको हो । आलोचकहरूले उक्त पक्राउलाई सरकारको आलोचना र असहमतिप्रति बढ्दो असहिष्णुताको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।
विपक्षी नेसनल सिटिजन पार्टीका नेता अख्तर हुसेनले सरकार ग्यास, विद्युत् र मलको आपूर्ति व्यवस्थापनमा असफल भएको आरोप लगाए।
“तपाईंहरू ग्यास, बिजुली र मल आपूर्ति गर्न असफल हुनुभएको छ र मानिसहरूलाई बोल्नसमेत दिइरहनुभएको छैन”, उनले भने। उनले सरकारलाई आफ्ना नीतिका कारण गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विश्वलाई पूर्ण विनाश हुनबाट जोगाएको भन्दै उनले याे पुरस्कारको हकदार आफू रहेको बताएका हुन् । पत्रकारहरूसँगकाे कुराकानीमा उनले भने, 'कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका थिएनन्। मैले आठ वटा युद्ध अन्त्य गराएको छु र सम्भवतः विश्वलाई ...
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...