मुख्य समाचार
‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण
‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण

। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।

मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्।

उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका लागि ४०० भन्दा बढी चिम्पान्जी प्रयोग गरेका थिए। तीमध्ये धेरैलाई सानै उमेरमा जङ्गलबाट समातिएको थियो।

पश्चिम अफ्रिकामा गिनीपछि सबैभन्दा धेरै चिम्पान्जी लाइबेरियामा पाइन्छन्। सङ्ख्यामा आएको तीव्र गिरावटका कारण पश्चिम अफ्रिकी चिम्पान्जीलाई अत्यन्त सङ्कटापन्न प्रजातिका रूपमा वर्गीकरण गरिएको छ।

रिकोटेका अनुसार ती चिम्पान्जीलाई शरीरभित्रै हस्तक्षेप हुने खालका अनुसन्धानमा प्रयोग गरिएको थियो र उनीहरूले लामो समयसम्म विभिन्न परीक्षण तथा पीडा सहनुपरेको थियो।

‘ह्युमेन वल्र्ड फर एनिमल्स’ का अनुसार सन् २०१५ मा अनुसन्धान कार्यक्रम समाप्त हुँदा बाँकी रहेका ६० चिम्पान्जीको स्थायी हेरचाहको जिम्मेवारी संस्थाले लिएको थियो । हाल ती चिम्पान्जी म्यान्ग्रोभ वनले ढाकिएका टापुहरूको समूहमा रहेको संरक्षण केन्द्रमा बस्दै आएका छन्।

एनेस्थेसिया दिएर गरिएको स्वास्थ्य परीक्षणमा चिम्पान्जीको टाउकोदेखि खुट्टासम्म परीक्षण गरिएको थियो। संस्थाका अनुसार परीक्षणको उद्देश्य दीर्घकालीन स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु, रोगका प्रारम्भिक लक्षण पहिचान गर्नु र उमेर बढ्दै जाँदा प्रत्येक चिम्पान्जीका लागि आवश्यक हेरचाह योजना तयार गर्नु हो।

परीक्षणमा दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतको जाँच गरिएको थियो। उनीहरूलाई बुस्टर खोप दिइनुका साथै नङसमेत काटिएको संस्थाले जनाएको छ। बाँकी चिम्पान्जीको पनि स्वास्थ्य परीक्षण गर्ने योजना रहेको छ।

संरक्षण केन्द्रकी पशु चिकित्सक बेलेन पेरेज हर्नान्डोले लामो समयसम्म पीडा र कठिनाइ भोगेका चिम्पान्जीको स्वास्थ्य जाँच उनीहरूको हेरचाहको महत्वपूर्ण हिस्सा भएको बताइन्।

हाल ती चिम्पान्जीको औसत उमेर ३० देखि ३५ वर्ष रहेको छ। विगतमा गरिएको अनुसन्धानले उनीहरूको स्वास्थ्यमा पारेको दीर्घकालीन प्रभावबारे परीक्षणको विस्तृत नतिजा आउन बाँकी रहेको बताइएको छ।

रिकोटेका अनुसार अनुसन्धानका क्रममा भोग्नुपरेको पीडाको प्रभाव अझै देख्न सकिन्छ। उनले ती चिम्पान्जीलाई सम्मानजनक जीवन जिउने दोस्रो अवसर प्रदान गर्न पाउँदा आफू खुसी भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...