मुख्य समाचार
‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण
‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण

। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।

मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्।

उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका लागि ४०० भन्दा बढी चिम्पान्जी प्रयोग गरेका थिए। तीमध्ये धेरैलाई सानै उमेरमा जङ्गलबाट समातिएको थियो।

पश्चिम अफ्रिकामा गिनीपछि सबैभन्दा धेरै चिम्पान्जी लाइबेरियामा पाइन्छन्। सङ्ख्यामा आएको तीव्र गिरावटका कारण पश्चिम अफ्रिकी चिम्पान्जीलाई अत्यन्त सङ्कटापन्न प्रजातिका रूपमा वर्गीकरण गरिएको छ।

रिकोटेका अनुसार ती चिम्पान्जीलाई शरीरभित्रै हस्तक्षेप हुने खालका अनुसन्धानमा प्रयोग गरिएको थियो र उनीहरूले लामो समयसम्म विभिन्न परीक्षण तथा पीडा सहनुपरेको थियो।

‘ह्युमेन वल्र्ड फर एनिमल्स’ का अनुसार सन् २०१५ मा अनुसन्धान कार्यक्रम समाप्त हुँदा बाँकी रहेका ६० चिम्पान्जीको स्थायी हेरचाहको जिम्मेवारी संस्थाले लिएको थियो । हाल ती चिम्पान्जी म्यान्ग्रोभ वनले ढाकिएका टापुहरूको समूहमा रहेको संरक्षण केन्द्रमा बस्दै आएका छन्।

एनेस्थेसिया दिएर गरिएको स्वास्थ्य परीक्षणमा चिम्पान्जीको टाउकोदेखि खुट्टासम्म परीक्षण गरिएको थियो। संस्थाका अनुसार परीक्षणको उद्देश्य दीर्घकालीन स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु, रोगका प्रारम्भिक लक्षण पहिचान गर्नु र उमेर बढ्दै जाँदा प्रत्येक चिम्पान्जीका लागि आवश्यक हेरचाह योजना तयार गर्नु हो।

परीक्षणमा दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतको जाँच गरिएको थियो। उनीहरूलाई बुस्टर खोप दिइनुका साथै नङसमेत काटिएको संस्थाले जनाएको छ। बाँकी चिम्पान्जीको पनि स्वास्थ्य परीक्षण गर्ने योजना रहेको छ।

संरक्षण केन्द्रकी पशु चिकित्सक बेलेन पेरेज हर्नान्डोले लामो समयसम्म पीडा र कठिनाइ भोगेका चिम्पान्जीको स्वास्थ्य जाँच उनीहरूको हेरचाहको महत्वपूर्ण हिस्सा भएको बताइन्।

हाल ती चिम्पान्जीको औसत उमेर ३० देखि ३५ वर्ष रहेको छ। विगतमा गरिएको अनुसन्धानले उनीहरूको स्वास्थ्यमा पारेको दीर्घकालीन प्रभावबारे परीक्षणको विस्तृत नतिजा आउन बाँकी रहेको बताइएको छ।

रिकोटेका अनुसार अनुसन्धानका क्रममा भोग्नुपरेको पीडाको प्रभाव अझै देख्न सकिन्छ। उनले ती चिम्पान्जीलाई सम्मानजनक जीवन जिउने दोस्रो अवसर प्रदान गर्न पाउँदा आफू खुसी भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भोटेकोशी नदीमा आएको बाढीले बागमती प्रदेशका जिल्लाहरूमा भीषण क्षति पुर्‍यायो । त्यसको निरीक्षण गरेर फर्किनुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ? भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा पालिकामा धेरै ठूलो जनधनको क्षति भएको छ । झन्डै ७ हजारको हाराहारीमा मानवीय क्षति भएको अनुमान गरेका छौं । मानवीय क्षतिसँगै त्यहाँका ...
। रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए । उनका ...
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...
। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल रहेको हो। उनलाई तत्कालै काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याएर सघन उपचार (आईसीयू) जारी ...
। रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो । मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।