मुख्य समाचार
कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ
कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ

। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो ।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ । उनले भने, ‘हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ ।’

माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका धेरै काम बाँकी छन् । सर्वसाधारणका गाडी गुड्न अझै समय लाग्ने उनको भनाइ छ ।

अगामी भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको उनले बताए । उनले भने, ‘अब डिजाइनअनुसार काम गर्ने वातावरण बनेको छ । निर्माणका लागि आवश्यक प्राविधिक सामग्री र जनशक्तिको अभाव छैन ।अब सडक डिजाइनअनुसार निर्माण हुन्छ र काम गर्न सहज भएको छ ।’

मिश्रका अनुसार अहिले खोलिएको ट्र्याक मुख्यतया निर्माणमा संलग्न कामदार र निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भएको छ ।

नयाँ सडक खोल्ने काम निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले गरेको छ । कम्पनीका साइट प्रबन्धक इञ्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडबाट करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक खोलएको हो । उनले भने, ‘ट्र्याक खुलेपछि निर्माण सामग्री लैजान, इन्धन पुर्‍याउन र कामदार आवतजावत गर्न सहज भएको छ । अहिले यो ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको हो । सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन ।’

उनका अनुसार अब स्लोप कटिङ, भित्ता काट्ने, ढुङ्गा थुपार्ने, ग्रेडिङ मिलाउनेलगायत धेरै काम अझै बाँकी छन् । आपत्‌कालीन अवस्थामा सर्वसाधारण पनि हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ । अब दुवैतर्फबाट डिजाइनअनुसार सडक निर्माणको काम अघि बढाइने उनले बताए ।

आजदेखि ठूला उपकरणहरु थप गरिएको छ । दुई एक्साभेटर थप गरेर सात पुर्‍याइएको छ । एउटा जेसिबी, लोडर, दुई बुल्डोजर परिचालन गरिएको छ । आवश्यकताअनुसार उपकरण थप्दै लगिने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ । आयोजनाको विद्युत्गृहभन्दा बाहिर बाढीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो । कम्पनीले आफ्नै प्रयासमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला ...
। सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो । ‘विद्यमान नियमअनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न ...
। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गरेको छ । निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त ...
। रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने नेपालको पहलमा सहयोग गर्न नेपाली प्रतिनिधिले भुटानका प्रधानमन्त्री ल्योन्चेन दासो छेरिङ तोब्गेसँग आग्रह गरेका छन् । भुटानमा जारी साउथ एसियन रिजनल पार्लियामेन्टरी फोरमका क्रममा भुटानका प्रधानमन्त्रीसँग नेपाली प्रतिनिधिको भेट भएको थियो । उक्त भेटमा रास्वपा सांसदहरू आशिष गजुरेल र अशोक चौधरीले रसुवा बाढीबाट भएको जनधन तथा पूर्वाधारको ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् । सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए । ‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको ...