मुख्य समाचार
बाढीले घरबारविहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका–५ गलौदीका बाढीपीडित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य
बाढीले घरबारविहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका–५ गलौदीका बाढीपीडित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य

: भोटेकोशी नदीमा आएको बाढीले घरबारविहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका–५ गलौदीका बाढीपीडित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आ श्रयस्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्यांकमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ।

भदौ १० गते आएको बाढीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सबडिभिजन क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो।

प्रभावितका अनुसार होल्डिङ सेन्टरमा ४२ परिवारका कम्तीमा २ सय जना बसिरहेका छन्। गलौदीका ७४ घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टरबाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आ श्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपडा, भाँडाकुँडा र झुलको अभाव छ।

होल्डिङ सेन्टरमा ४ जना अपांगता भएका व्यक्ति, कम्तीमा ३० जना बालबालिका र ७० वर्षभन्दा माथिका २ जना ज्येष्ठ नागरिक महिला छन्। जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाइ भइरहेको छ। रात परेपछि होल्डिङ सेन्टर अँध्यारो हुन्छ। बिजुलीको पर्याप्त व्यवस्था नहुँदा बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई रातको समयमा हिँड्डुल गर्नसमेत समस्या हुने गरेको प्रभावितहरू बताउँछन्। ‘स्वास्थ्य सेवा पनि छैन। कसैलाई बिरामी परे उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ,’ एक प्रभावितले भने।

बाढीले घरसँगै घरभित्र रहेका अन्न, लत्ताकपडा, भाँडाकुँडा र दैनिक प्रयोगका सामानसमेत बगाएको छ। कतिपय परिवारसँग लगाउने कपडासमेत छैन। अन्न र भाँडाकुँडा नभएपछि प्रभावितहरू सामूहिक रूपमा खाना बनाएर खाने गरेका छन्।

‘घरमा केही रहेन। अन्न र भाँडाकुँडासमेत छैन। त्यसैले सामूहिक रूपमा खाना बनाएर खाने गरेका छौं,’ प्रभावित तथा गजुरी गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्रविक्रम बस्नेतले भने। जंगलमा लामखुट्टेको समस्या भए पनि प्रभावितसँग झुल छैन। खानेपानीको अभाव छ भने पानी पर्दा त्रिपालभित्र पानी पस्ने समस्या पनि हुने गरेको छ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले होल्डिङ सेन्टरमा रहेका प्रभावितका समस्या समाधानका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न लागिएको बताए। उनका अनुसार तत्काल सोलार बत्ती तथा झुलको व्यवस्था गर्ने तयारी भइरहेको छ। ‘होल्डिङ सेन्टरमा तत्काल सोलारसहितको बत्ती र झुलको व्यवस्था गर्न लागिएको छ,’ श्रेष्ठले भने।

बाढीपहिरोका कारण सडक तथा राजमार्गसँगको सम्पर्क टुटेपछि सिद्धलेक गाउँपालिका–७ का बासिन्दाले आफूहरू राज्यका सेवा र सुविधाबाट टाढिएको महसुस गर्न थालेका छन्।

सिद्धलेक गाउँपालिका–७ का वडाध्यक्ष सानु गिरीका अनुसार राजमार्गसँगको कनेक्टिभिटी टुट्दा वडाको अवस्था ‘चंगा चुँडिएजस्तै’ भएको छ। ‘राजमार्गसँगको कनेक्टिभिटी टुट्दा चंगा चुँडिएजस्तै भएका छौं। हामी सम्पर्कविहीन अवस्थामा छौं। सबै बाटो बगाउँदा दुर्गमको अनुभूति भएको थियो, अहिले त त्यो अवस्था सपना जस्तै लागिरहेको छ,’ गिरीले भने। गजुरी गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार होल्डिङ सेन्टरमा २० घरका ९३ जना मात्र रहेका छन्। होल्डिङ सेन्टर हेर्ने यकेन्द्र चेपाङले पनि गाउँपालिकाको तथ्यांक यही रहेको बताए।

बिरामी बोक्न झोलुंगे पुलको सहारा

बाढी–पहिरोले सडक अवरुद्ध र क्षतिग्रस्त भएपछि गलौदीलगायत आसपासका बासिन्दाले स्वास्थ्य उपचारमा समेत कठिनाइ भोगिरहेका छन्। सिद्धलेक गाउँपालिका–५ का स्थानीय शंकर सिलवालका अनुसार राजधानी जाने मुख्य बाटो अवरुद्ध भएपछि गजुरी हुँदै घर आउजाउ गर्नसमेत कठिन भएको छ। उनी व्यवसायका सिलसिलामा गजुरी आवतजावत गर्छन्।

सडक बिग्रिएपछि घर फर्किन र तरकारी ओसारपसार गर्नसमेत समस्या भएको उनले बताए। ‘हामी राजधानी जान पनि बाटो काटेर जानुपर्ने अवस्था छ। मेरो व्यवसाय गजुरीमा छ, घर जान पनि दुःख छ। तरकारी लैजान पनि त्यत्तिकै गाह्रो भएको छ,’ सिलवालले भने।

जिल्ला प्रशासन कार्यालय धादिङको विवरणअनुसार बाढीपहिरोका कारण जिल्लामा ६ वटा पक्की पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने एकवटा पक्की पुलमा सामान्य क्षति पुगेको छ।

त्यस्तै जिल्लाका १७ वटा झोलुंगे पुलमा पूर्ण क्षति पुगेको छ भने ७ वटा झोलुंगे पुलमा आंशिक क्षति भएको छ। यसरी जिल्लामा कुल २४ वटा झोलुंगे पुल प्रभावित भएका छन्। बाढीका कारण जिल्लाका ५२९ घरपरिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय धादिङको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी आएको १२ औँ दिनसम्म आइपुग्दा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको जनाएको हो। फेला परेका शवहरूमध्ये ९८ वटाको सनाखत भई परिवारलाई हस्तान्तरण ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै पाठकले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री लगायत सबै जिम्मेवारी परित्याग गर्दै पार्टी सदस्यसमेत नरहने गरी आजकै मितिबाट अलग हुने निर्णय गरेको छु।’ उनले भनेका छन्, ‘राप्रपालाई समयानुकूल ...
: जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ । आइतबार जेनजी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्कको सरकार र जेन्जी शहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले देशका लागि आफ्नो ज्यान आहुती दिने जेन्जीहरुका ...
: काठमाडौं र बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि,खोप,स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल ...
: प्रधानमन्त्री बालेन शाहले विपद्को समयमा सुरक्षाकर्मीहरुले खेलेको भूमीकाको प्रशंसा गर्दै सरकार सुरक्षाकर्मीहरुप्रति कृतज्ञ रहने बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नेपालले खोज तथा उद्धारमा खेलेको भूमीकाको प्रंशसा गरेका छन्। तीनै निकायका सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३ ...