मुख्य समाचार
अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान धावनमार्ग (रनवे) बाट बाहिर निस्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु
अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान धावनमार्ग (रनवे) बाट बाहिर निस्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु

: अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एक कार्गो विमान धावनमार्ग (रनवे) बाट बाहिर निस्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

स्थानीय समय अनुसार आइतबार दिउँसो करिब २ बजे अमेजन एयरको बोइङ ७६७-३०० कार्गो विमान अवतरण (ल्यान्डिङ) गर्ने क्रममा अनियन्त्रित भई रनवेबाट बाहिर गएको थियो। करिब २०९ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा रहेको विमानले रनवे बाहिर रहेका केही सवारी साधनहरूलाई ठक्कर दिएलगत्तै आगलागी भएको थियो। याे विमानले प्युर्टो रिकोको लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियाे ।

घटनाको खबर पाउनेबित्तिकै करिब २०० जना दमकलकर्मी तथा उद्धारकर्ताहरू घटनास्थलमा खटिएका थिए। स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई स्थानीय ट्रमा सेन्टरमा भर्ना गरिएको छ भने बाँकी दुई जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

उक्त कार्गो विमान नर्थ क्यारोलाइनास्थित '२१ एयर' नामक चार्टर कम्पनीले अमेजनका लागि सञ्चालन गर्दै आएको थियो। घटनापछि संघीय उड्डयन प्राधिकरणले विमानस्थलका सबै उडानहरू रोक्न आदेश दिएको छ। 'लेबर डे' विकेन्डका कारण अत्यधिक यात्रुको चाप रहेका बेला उडानहरू रद्द र ढिलाइ हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्।

दुर्घटनाको यकिन कारण अझै खुल्न सकेको छैन। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको सूक्ष्म छानबिन सुरु गरिसकेको छ र सोमबार पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्यसम्बन्धी र व्यक्तिगत जानकारीमा गैरकानुनी पहुँच पुर्‍याइएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो। साइबर सुरक्षा अनुसन्धान कम्पनी कम्प्यारिटेकका अनुसार, सेप्टेम्बर २०२६ सम्म विश्वभरको स्वास्थ्य क्षेत्रमा ७१६ वटा आक्रमण दर्ता भएका छन्। तीमध्ये ४१० वटा आक्रमण अमेरिकामा मात्रै भएका हुन्। क्वेस्ट डायग्नोस्टिक्सको ...
। इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता रहने वा नरहने भन्ने टुंगो लगाउनेछ । तर, सरकार परिवर्तन हुँदैमा प्यालेस्टिनीहरूको अवस्थामा ठूलो सुधार आउने सम्भावना भने कम देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसको मुख्य कारण इजरायलका अधिकांश विपक्षी दल पनि प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा स्पष्ट रूपमा उभिएका छैनन् ...
। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य ...
: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् । जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम