मुख्य समाचार
बाढीले बगाएर ल्याएका सामानहरू सुरक्षित राखी सम्बन्धित धनीलाई फिर्ता गर्न धादिङ प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई आग्रह
बाढीले बगाएर ल्याएका सामानहरू सुरक्षित राखी सम्बन्धित धनीलाई फिर्ता गर्न धादिङ प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई आग्रह

: त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका सामानहरू सुरक्षित राखी सम्बन्धित धनीलाई फिर्ता गर्न धादिङ प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ।

बाढीपछि त्रिशूली नदी किनार तथा आसपासका क्षेत्रमा विभिन्न सामानहरू भेटिन थालेपछि प्रहरीले त्यस्ता सामान आफूखुसी प्रयोग, बिक्री वा अन्य प्रयोजनमा नलगाउन आग्रह गरेको छ। भेटिएका सामान सम्बन्धित धनीको पहिचान भएमा तत्काल फिर्ता गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रहरीका अनुसार बाढीले बगाएर ल्याएका सामान कसैको घर, पसल वा अन्य स्थानमा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिनेछ। सामानको वास्तविक धनीको पहिचान गरेर कानुनी प्रक्रियाअनुसार सम्बन्धित व्यक्तिलाई नै ती सामान फिर्ता गरिने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालका अनुसार भेटिएका सामान फिर्ता नगरी आफैंले राखेको वा प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ। पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला आज दिउँसो १२:३० बजे उनीहरुबीच भेट भएको हो। भेटघाटका क्रममा उनीहरुबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको ...
: रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–६, मयाङमा खोला तर्ने क्रममा चिप्लिँदा दुई जना बेपत्ता भएका छन्। शनिबार दिउँसो करिब २ः४५ बजे सोही ठाउँका ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाही खरिढुङ्गाबाट घरतर्फ फर्कने क्रममा साङखोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाउँदा बेपत्ता भएका हुन्। घटनाबारे वडा अध्यक्ष शंखे सेनले दिउँसो करिब २ः५५ बजे टेलिफोनमार्फत ...
: रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी आएको १२ औँ दिनसम्म आइपुग्दा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको जनाएको हो। फेला परेका शवहरूमध्ये ९८ वटाको सनाखत भई परिवारलाई हस्तान्तरण ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै पाठकले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री लगायत सबै जिम्मेवारी परित्याग गर्दै पार्टी सदस्यसमेत नरहने गरी आजकै मितिबाट अलग हुने निर्णय गरेको छु।’ उनले भनेका छन्, ‘राप्रपालाई समयानुकूल ...
: जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ । आइतबार जेनजी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्कको सरकार र जेन्जी शहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले देशका लागि आफ्नो ज्यान आहुती दिने जेन्जीहरुका ...