मुख्य समाचार
टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला
टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला

: इजिप्टको एक अदालतले बहुचर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ।

सरकारी समाचार संस्था अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अवैध रूपमा आयात गरी बिक्री-वितरण गर्ने अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा संलग्न रहेको ठहर भएको हो। विशेष कारबाहीका क्रममा प्रहरीले ७५० किलोग्रामभन्दा बढी लागुऔषध, कच्चा पदार्थ तथा अवैध हातहतियार र गोलाबारुद बरामद गरेको थियो।

अदालतले ३९ वर्षीया प्रस्तोता खलिफासहित ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सोही मुद्दामा संलग्न अन्य ९ जनालाई जन्मकैदको फैसला र ७ जनालाई सफाइ दिइएको छ।

इजिप्टको कानुनी प्रक्रियाअनुसार गत महिना सुनाइएको प्रारम्भिक फैसलालाई त्यहाँका मुख्य धार्मिक अधिकारी 'ग्रान्ड मुफ्ती'को औपचारिक स्वीकृति र रायपछि मात्र अन्तिम पुष्टि गरिएको हो।

अन्तर्राष्ट्रिय तथा अपराध अनुसन्धानमा आधारित चर्चित टेलिभिजन कार्यक्रम 'मिशन इम्पसिबल'की प्रस्तोता खलिफाले भने आफूमाथि लगाइएका सबै अभियोग अस्वीकार गरेकी छन्। लागुऔषध नियन्त्रण कार्यालयमा तस्बिर खिच्ने क्रममा मात्र आफूले पहिलोपटक सो लागुऔषध देखेको दाबी गर्दै उनका वकिलले फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन (अपील) गर्ने जनाएका छन्।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार इजिप्टमा मृत्युदण्डको सजाय व्यापक रूपमा प्रयोग हुने गरेको छ। प्रत्यक्ष हत्या बाहेकका लागुऔषधसम्बन्धी कसुरमा पनि मृत्युदण्ड दिइने इजिप्टको यो कदमको अन्तर्राष्ट्रियस्तरमा निरन्तर आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्यसम्बन्धी र व्यक्तिगत जानकारीमा गैरकानुनी पहुँच पुर्‍याइएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो। साइबर सुरक्षा अनुसन्धान कम्पनी कम्प्यारिटेकका अनुसार, सेप्टेम्बर २०२६ सम्म विश्वभरको स्वास्थ्य क्षेत्रमा ७१६ वटा आक्रमण दर्ता भएका छन्। तीमध्ये ४१० वटा आक्रमण अमेरिकामा मात्रै भएका हुन्। क्वेस्ट डायग्नोस्टिक्सको ...
। इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता रहने वा नरहने भन्ने टुंगो लगाउनेछ । तर, सरकार परिवर्तन हुँदैमा प्यालेस्टिनीहरूको अवस्थामा ठूलो सुधार आउने सम्भावना भने कम देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसको मुख्य कारण इजरायलका अधिकांश विपक्षी दल पनि प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा स्पष्ट रूपमा उभिएका छैनन् ...
। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य ...
: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् । जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम