मुख्य समाचार
टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला
टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला

: इजिप्टको एक अदालतले बहुचर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ।

सरकारी समाचार संस्था अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अवैध रूपमा आयात गरी बिक्री-वितरण गर्ने अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा संलग्न रहेको ठहर भएको हो। विशेष कारबाहीका क्रममा प्रहरीले ७५० किलोग्रामभन्दा बढी लागुऔषध, कच्चा पदार्थ तथा अवैध हातहतियार र गोलाबारुद बरामद गरेको थियो।

अदालतले ३९ वर्षीया प्रस्तोता खलिफासहित ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सोही मुद्दामा संलग्न अन्य ९ जनालाई जन्मकैदको फैसला र ७ जनालाई सफाइ दिइएको छ।

इजिप्टको कानुनी प्रक्रियाअनुसार गत महिना सुनाइएको प्रारम्भिक फैसलालाई त्यहाँका मुख्य धार्मिक अधिकारी 'ग्रान्ड मुफ्ती'को औपचारिक स्वीकृति र रायपछि मात्र अन्तिम पुष्टि गरिएको हो।

अन्तर्राष्ट्रिय तथा अपराध अनुसन्धानमा आधारित चर्चित टेलिभिजन कार्यक्रम 'मिशन इम्पसिबल'की प्रस्तोता खलिफाले भने आफूमाथि लगाइएका सबै अभियोग अस्वीकार गरेकी छन्। लागुऔषध नियन्त्रण कार्यालयमा तस्बिर खिच्ने क्रममा मात्र आफूले पहिलोपटक सो लागुऔषध देखेको दाबी गर्दै उनका वकिलले फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन (अपील) गर्ने जनाएका छन्।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार इजिप्टमा मृत्युदण्डको सजाय व्यापक रूपमा प्रयोग हुने गरेको छ। प्रत्यक्ष हत्या बाहेकका लागुऔषधसम्बन्धी कसुरमा पनि मृत्युदण्ड दिइने इजिप्टको यो कदमको अन्तर्राष्ट्रियस्तरमा निरन्तर आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एक कार्गो विमान धावनमार्ग (रनवे) बाट बाहिर निस्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। स्थानीय समय अनुसार आइतबार दिउँसो करिब २ बजे अमेजन एयरको बोइङ ७६७-३०० कार्गो विमान अवतरण (ल्यान्डिङ) गर्ने क्रममा अनियन्त्रित भई रनवेबाट बाहिर गएको थियो। करिब २०९ ...
: भारतको राजधानी नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालय (डीयू) को साउथ क्याम्पस नजिकै रहेको सत्य निकेतनमा एक पाँच तले पेइङ गेस्ट (पीजी) भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। आइतबार दिउँसो करिब ३० वर्ष पुरानो उक्त जर्जर भवन अचानक भत्किएको हो। भत्किएको भवनको भग्नावशेषमा अझै केही मानिसहरू पुरिएको आशङ्का ...
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...